संघीय संसद सचिवालयले खरीद गरेका गाडीमा भएको अनियमितता प्रतिवेदन सभामुख महरालाई बुझाइयो

संघीय संसद सचिवालयले खरीद गरेका गाडीमा भएको अनियमितता प्रतिवेदन सभामुख महरालाई बुझाइयो

काठमाडौं ।  संघीय संसद समितिका सभापतिका लागि गाडी खरिद गर्दा भएको अनियमितता छानबिन गर्न गठित समितिले छानविन प्रतिवेदन सभामुख कृष्णबहादुर महरालाई बुझाएको छ ।

संसदीय समितिका सभापतिका लागि खरिद गरिएका ११ ओटै गाडीमा समस्या आएपछि छानबिनका लागि गठित राष्ट्रिय सभाका सांसद रामनारायण बिडारी संयोजक रहेको समितिले मंगलबार सभामुख महरालाई प्रतिवेदन बुझाएको हो ।

सभामुख महराले प्रतिवेदन बुझ्दै गाडी खरिदमा ठूलो प्रक्रियागत कमजोरी नदेखिएको भन्दै देखिएका प्राविधिक कमजोरीको अध्ययन गरेर कारवाही प्रक्रिया अगाडि बढाउने जानकारी दिएका छन् । समितिका संयोजक सासंद रामनारायण विडारीले सभापतिहरुका लागि खरिद गरिएको ११ वटा गाडीमध्ये सबैमा कुनै न कुनै प्राविधिक समस्या देखिएको भएपनि गाडी खरिद गर्दा प्रक्रियामा कुनै कमजोरी नदेखिएको बताएका छन् । कुनै गाडीमा गियरको समस्या, कुनैमा छतको समस्या, कुनैमा अवाज बढी आउने, कुनैमा स्टिकर उक्कने, डोर भाइजर कम गुणस्तरको रहेको र स्पिकर अर्कै कम्पनीको प्रयोग गरिएको पाइएको जानकरी दिनुभयो ।

सांसद विडारीले खरिद गरिएका गाडी मर्मत गर्न ७ दिनको समय दिने र ७ दिन भित्र मर्मत हुन नसकेमा गाडी फिर्ता गर्नु पर्ने सुझाव प्रतिवेदन मार्फत् दिइएको जानकारी समेत दिनुभयो ।

संघीय संसद सचिवालयले विभिन्न समितिका सभापतिहरुका लागि खरिद गरेको गाडीमा कमजोरी देखिएपछि उक्त विषयमा छानबिन गर्न १५ दिनको समय दिएर सांसद विडारीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

समितिको सांसदहरूमा तारादेवी भट्ट, कृष्णभक्त पोखरेल, कृष्णप्रसाद दाहाल र भरतकुमार कुमार शाह सदस्य रहनुभएको थियो ।  

प्रतिकृया दिनुहोस

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला