कपनका सडक निर्माण अलपत्र पार्ने ठेकेदार विरुद्ध गगन धर्नामा

      कपनका सडक निर्माण अलपत्र पार्ने ठेकेदार विरुद्ध गगन धर्नामा

काठमाडौं – प्रचण्डका घरपेटी शारदाप्रसाद अधिकारीले ठेक्का पाएको वूढानीलकण्ठ नगरपालिका क्षेत्रका (साविकको कपन गाविस) सडक निर्माणको काम अलपत्र छोडिएको भन्दै कांग्रेका युवा नेता गगन थापाको नेतृत्वमा सडक विभागमा धर्ना दिइएको छ । काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य थापासहित प्रदेशसभा सदस्य (क्षेत्र नं ४ क) नरोत्तम बैद्य लगायत कांग्रेस नेता कार्यकर्ता धर्नामा सहभागी थिए । उनीहरूले सत्ताको आडमा ठेकेदारले सडकको काम अपलत्र बनाएको आरोप लगाएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डका घरपेटी शैलुङ कन्ट्रक्सनका अधिकारीले कपन क्षेत्रका सडकको ठेक्का पाए पनि अहिलेसम्म अलपत्र छ । क्षेत्र नं ४ क प्रदेशसभा सदस्य नरोत्तम बैद्यले भने,‘अति भएर धर्ना दिन आएका हौं,विकासमा पनि राजनीतिक प्रतिसोध खोजियो ।’ अब त  ६ वर्षे ठेक्का अवधि पनि सकिएको उनले बताए ।   

आधा घण्टे धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले सडकबाट अवाज उठाउँदा पनि नसुनिएपछि धर्ना सुरु गरिएको बताए । उनले भने, ‘हामीले सडकबाट आवाज उठाउँदा नसुनेपछि सांकेतिक रुपम धर्ना बस्न बाध्य भएका हौं, चावहिल कपन लगायत काठमाडौं ४ का सडक सडक निर्माणको कार्य गत बैशाखमै म्याद सकिएको थियो । सो म्यादमा २० प्रतिशत मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गर्न लागिएकोले त्यसको विरोध गरिएको हो ।’

यसअघि थापाले क्षेत्र नम्बर ४ का सडक अलपत्र पार्ने ठेकेदारलाई कार्वाहीको माग गर्दै सडक विभागमा पत्र पठाएका थिए । यसबारे संसदमा मन्त्रीसँग जवाफ माग्दा जवाफ नै नदिएको सांसद थापाले बताए ।

अबको एक हप्ताभित्र सो क्षेत्रमा सडक र खानेपानीको निर्माण कार्य अघि नबढे सिंहदरबारभित्रै धर्ना बस्ने उनले चेतावनी दिए । उनले भने, ‘जनतालाई सास्ती दिएर मन्त्रीलाई मस्तीसँग बस्ने छुट छैन । सडक निर्माणका लागि संघर्षको कार्यक्रम आजबाट सुरु भएको छ ।’

प्रतिकृया दिनुहोस

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला