मापदण्ड विपरीत सडक सञ्जाल विस्तार गर्दै सिमकोट गाँउपालिका

  मापदण्ड विपरीत सडक सञ्जाल विस्तार गर्दै सिमकोट गाँउपालिका

दाने बोहरा/हुम्ला

हुम्लाको सदरमुकाम सिमकोटमै रहेको सिमकोट गाउँपालिकाले सबै वडामा सडक विस्तारको गर्ने कार्यलाई पहिलो प्रथामिकता दिएको छ । यस बर्ष सिमकोट वडा नं. २ देखि ४ सम्म सडकको ट्रयाक खोल्न धमाधम काम भइरहेको छ । 

सदरमुकाम सिमकोटदेखि २ नं वडा ठेहेसम्म गाडी पुगिसकेको छ । गाउँपालिकाको लक्ष्य ठिकै रहेपनि मापदण्ड विपरित जथाभावी ट्रयाक खोल्दा एकातिर पहिरोका जोखिम वढेको छ भने अर्कातिर खेती योग्य जमीन मासिने गरेको छ । विना नक्सा ठेकेदारको मनपरीले डोजर चल्दा विकासका नाममा विनास निम्तेने खतरा बढेको स्थानीयको भनाइ छ ।

‘ठेहेमा ट्रयाक गाडी त पुग्यो । तर, स्थानीयले पाकेको अन्नबाली पनि भित्र्याउन पाएनन्’ स्थानीय हेमन्त बोहराले गुनासो गरे । सधै खाद्यन्नको अभावमा पिल्सीयका सदरमुकामवासीलाई सिमकोट गाउँपालिकाले आफ्ना सबै वडामा सडक पुर्याउने नाममा आफ्ना अर्का छुटाएर मापदण्ड विपरीत सडक निर्माण गरेको आरोप वडा दुई निवासी महेन्द्र बोहराले गुनासो गरेका छन ।

सिमकोट गाउँपालिकाले पहिलोपटक ट्रयाक खोल्ने सर्बे गरेता पनि पछि गएर नयाँ ईन्जिनियरले भनसुनको आधारमा सर्बे गरेको पाईएको छ । गुडनेभएसँगै ठेहे देखि सिमकोटसम्मको गोरेटो बाटोमा ट्रयाक खोलेको पाईएको हो । यसरी मापदण्ड विपरीत ट्रयाक ओपनिङ्ग हुँदा वडा दुई ठेहेका स्थानीय कर्ण बोहरा, गोकुल बोहरा,बलरुप बोहरा सहित नौ वटा घरधुरीको जग्गामा ठुलो क्षेति पुगेको राजबहादुर बोहराले गुनासो गरेका छन । आफुहरुको खाने जिउने जग्गा नै गाउँ नजिकको भएकाले सबै जग्गामा रोड बनाई दिएपछि अब के गर्ने भन्नेमा चिन्ता उनीहरूको छ ।  

ट्रयाक ओपनिङ्गमा पनि वडा दुईका अध्यक्ष नर भण्डारीले मापदण्ड विपरीत ट्रयाक ओपनिङ्ग गर्ने काममा साथ दिएको त्यहाँका स्थानीयले आरोप लगाएका छन् । गएको बर्षमा सिमकोट गाउँपालिकाकै वडा ७ को डाँडाफया गाउँमा आन्तरिक सडक खन्ने काम सडक को मापदण्ड अनुसार नभएको स्थानीय बासिदाले गुनासो गरेका छन । गएको आर्थिक बर्ष सिमकोट गाउँपालिकाले आफनो लक्ष्य अनुसार सडकको  ट्रयाक सन्तोषजनक नखुलाएको पाईएको छ । तर प्राविधिकको लापर्वाबाही  र ठेकेदारको  मनपरीले सडकको मापदण्ड अनुसार सडक निमार्ण हुन नसेको खुलासा भएको छ ।

सिमकोट गाउँपालिकाका प्रमुख प्रसाकीय अधिकृत अर्जुन दर्जी भने सिमकोटमा सञ्चालन भएका सडक सन्तोषजनक भएको दावी गर्नुभएको छ । ट्रयाक ओपनिङ्ग गर्नुभन्दा अगाडि ईन्जिनियरले सर्बे गरेको सडकमा सडक निर्माण गर्ने क्रममा तलमाथिका जग्गामा असर पुगेको अधिकृत दर्जीले स्वीकार गरे ।

प्रतिकृया दिनुहोस

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला