प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच बालुवाटारमा भेटवार्ता

 प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार काठमाडौं आएका भारतका विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी ओलीसँग भेट वार्ता गरेका छन् ।  

त्रिभुवन विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका विदेशमन्त्री शंकरले प्रधानमन्त्री ओलीसँग दुइ पक्षीय हितका विषयमा छलफल गरेका छन् ।  भारतीय विदेशमन्त्री जयशंकर  काठमाडौंमा बुधबार र बिहीबार हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन नेपाल आएका हुन् । 

त्रिभुवन विमानस्थलमा उहाँलाई परराष्ट्र सचिव शंकरदास वैरागी तथा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले स्वागत गरेका थियो । विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार बिहान १०ः३० बजे  भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

त्यसैगरी, विदेशमन्त्री जयशंकरले प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेटघाट हुने बताइएको छ ।  बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षा लगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला