पत्रकार रवी लामिछानेसहित तीन जनालाई ५ दिन म्याद थप

    पत्रकार रवी लामिछानेसहित तीन जनालाई ५ दिन म्याद थप

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनको लागि पक्राउ परेका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न शुक्रबार अदालतले अनुमति दिएको छ।

लामिछानेसहित, पत्रकार युवराज कँडेल, र ओखलढुङ्गाकी नर्स अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत चितवनमा उपस्थित गराएपछि अनुसन्धानका लागि ५ दिन म्याद थप गरिएको हो ।

जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएका हुन् । लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडिको गेटबाट अदालतमा उपस्थित गराएको हो।

बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो भने अस्मितालाई कलंकीबाट पक्राउ गरिएको थियो । प्रहरीले अनुसन्धान प्रभावित हुने कार्यक्रम ‘सीधा कुरा जनतासँग’ बाट प्रसारित हुने सूचना पाएपछि रवीलाई पक्राउ गरेको दाबी गर्दै आएको छ । पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियोमा लामिछाने,युवराज र अस्मितालाई विभिन्न आरोप लगाएका छन् । 

प्रतिकृया दिनुहोस

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला