जनै फेर्नु भो !

 जनै फेर्नु भो !

काठमाडौं । काठमाडौं चावहिल बस्ने रमेश बस्नेत बिहानै जनै फेर्न र रक्षा धागो बाध्न बिहानै पशुपति पुगे । ‘नुहाएर आएको जनै त फेर्नै पर्यो’उनले भने । उनलाई पण्डित दोलखाका पण्डित ज्वति सापकोटाले मन्त्र भन्दै जनैसँग रक्षा धागो बाधिदिए । उनले पण्डितलाई १ सय पाँच रुपैया दक्षिणा दिएर आफ्नो बाटो लागे । बस्नेतले भने,‘जनै र रक्षाबारे आफूलाई खासै थाह छैन,अरु साथीहरूले पनि लगाउछन् त्यही भएर लगाए ।’

त्यस्तै जनै फेर्न पशुपति पुगेका बानेश्वर निवासी २९ वर्षिय रोशन भट्टराईको भनाई पनि खासै फरक पाइएन् । उनी भन्छन,‘साथीहरूसँग हिजै सल्लाह भएको थियो आज जनै लगाउन जाने भनेर त्यही बमोजिम आइयो । म सधै जनै लगाउँदिन् ।’ हिन्दु धार्मिक मान्यता अनुसार जनै र रक्षा बन्धनको विशेष महत्व छ । तर,पछिल्ला दिनमा तिनको महत्वमा कमी आएको माथिका प्रतिनिधि घटनाले पुष्टि गर्छ ।  

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा ऋषि तर्पणीको वैदिक महत्व छ । शास्त्रमा सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बल शाली दानव राज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । तर,यो प्रचलनसँग युवा पुस्ता त्यति परिचित छैनन् ।

रक्षा बन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेनत्वां प्रतिबध्नामि रक्षा माचलमाचल’ भनी रक्षा सूत्र, रक्षा बन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षा बन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राहृमण पुरोहितहले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । यो मन्त्रको अर्थ त धेरैले नबुझ्ने पण्डितहरू स्वीकार्छन् ।

किन फेर्ने जनै ?

आजकै दिन ब्राहृमण, क्षेत्री र वैश्य गरी तीन वर्णका नागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ । व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै जलासय वा कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने धार्मिक मान्यता छ । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

त्यसपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्र गरिएको नयाँ जनै फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी भनिएको हो । गुरु परम्पराअनुसार जनैलाई ब्रहृमसूत्र अथवा ज्ञानको धागो मानिन्छ ।

रक्षा बन्धन बाँध्न एवं नयाँ जनै फेर्ने विधिमा फरक नभएपनि युवा पुस्तमा यो फैसन जस्तो भएको गुनासो गर्छन् पण्डित रुद्र भट्टराई । १० वर्षदेखि पशुपति क्षेत्रमा हिन्दु संस्कारिक गतिविधि गर्दै आएको बताउने उनले भने,‘कतिले जनैको महत्व नै बुझेका छैनन् तैपनि लगाउँदै आएका छन् । यो बुझाउन नसक्नु हामी जस्ता धार्मिक अभियन्ता कमजोरी हो ।’ बिहानै देखि पशुपतिनाथ मन्दिर परिसरमा जनै फेर्ने र रक्षा बाध्नेको घूईँचो लागेको देखिन्थ्यो ।

 

जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेम बढ्छ भन्ने सामाजिक मान्यता रहेको छ ।

काठमाडौँको उत्तर पूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाईंकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँच पोखरी, धनुषाको जनकपुरधाम, धनुष सागर र गंगासागर, जुम्लाको दान साधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । यस पर्वका अवसरमा विभिन्न शैक्षिक संस्था एवं स्थानीय सरकारले सार्वजनिक बिदासमेत दिएका छन् ।

प्रतिकृया दिनुहोस

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला