त्रिशूली बस दुर्घटना मृतकको संख्या ५ पुग्यो, बेपत्ता खोजीमा गोताखोर

  त्रिशूली बस दुर्घटना मृतकको संख्या ५ पुग्यो, बेपत्ता खोजीमा गोताखोर

काठमाडौं । सर्लाहीको सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं आउदै गरेको बस धादिङ जिल्लाको बेनीघाट रोराङ–३ सलाङघाटबाट त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटना स्थलबाट १६ को उद्धार गरिएको छ भने २४ जना अझै बेपत्ता छन् ।

  ना ६ ख ७४६९ सृष्टि डिलक्स बस शुक्रबार बिहान साढे ३ बजे त्रिशूलीमा खसेको हो । बसमा मलंगवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ । 

बसमा सवार तीन जनाको शव  घटनास्थलमै र दुई वटा शव चितवनको जुगेडीमा फेला परेको प्रहरीले जनाएको छ ।मृतक मध्ये सर्लाहीकै अजय दास र विजय कुर्मीको मात्रै सनाखत भएको छ भने तीन जनाको अझै सनाखत हुन सकेको छैन ।

उद्धार गरिएकामा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजयराय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी रहेका छन् । मलंगवा–९ स्थित रहेको सृष्टि बस काउण्टरमा अहिले बसमा सवार यात्रीका आफन्तको भीड लागेको छ । उद्धार गरिएका मध्ये बसचालक जीवन भनिने लक्ष्मण जमरकट्टेल बेहोस छन् भने सहचालक प्रमोद चौधरीलाई थप उपचारका लागी काठमाडौं पठाइएको छ।

बसलाई क्रेनले तानेर निकालिएको प्रहरीले बताएको छ । कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टिमले बेपत्ताको खोजी गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस

फलामखानी खोल्नदेखि सहरी मापदण्ड फेर्ने

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

 प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री

उफ!फेरि नासु बच्चु केसीको आत्महत्या

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला