व्यवस्था उल्टियो भने देश बर्बाद हुने खतराःप्रचण्ड

           व्यवस्था उल्टियो भने देश बर्बाद हुने खतराःप्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको व्यवस्था उल्टियो भने देश बर्बाद हुने खतरा रहेको बताएका छन् ।

सोमबार प्रचण्ड निवास, खुमलटारमा विप्लव नेतृत्वको विद्रोही नेकपा परित्याग गरी सत्तरुढ नेकपामा प्रवेश गर्नेहरूलाई स्वागत गर्दै यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ ।  जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै इमान्दार नेता तथा कार्यकर्ता एकताबद्ध भएर व्यवस्थाको रक्षा गर्नु आजको आवश्यकता हो ।’

विप्लव नेतृत्वको नेकपाका ब्यूरो सदस्य एवम् बारा जिल्लाका पूर्व सचिव रमण घिमिरेलगायत ८ जना नेता तथा कार्यकर्तालाई प्रचण्डले पार्टी प्रवेश गराए । समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताउँदै प्रचण्डले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी लागि परेको पनि बताए ।

प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताहरुविरुद्ध षड्यन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म हामी कोही पनि कमजोर हुँदैनौँ ।’

प्रचण्डले भने, ‘हामीले खोजेको योभन्दा धेरै थियो । अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धिमा टेकेर अगाडि जाने भनेर आएको हो ।’ प्रचण्डले क्रान्ति दुईचार जनाको रहरले हुने कुरा नभएको पनि बताए । उनले भने, ‘पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइनेछ ।’

नवप्रवेशी नेता रमण घिमिरेले आफूले बाटो बिराएको महसुस भएपछि विप्लव समुह परित्याग गरेको बताए । कार्यक्रममा घिमिरेसहित आवास मन्सुरी, सुरेश कुमार यादव, विनोद केसी, सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की र नमराज शर्मा रहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

बस दुर्घटनामा १० घाइते, एकको अवस्था

कर्मचारीको सुझाव बेवास्ता गरेर संघीय

त्रिशूली बस दुर्घटना मृतकको संख्या

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला