मुख्यमन्त्री लालबाबु राउतले बाढीको क्षतिबारे प्रधानमन्त्रीलाई अवगत गराए

     मुख्यमन्त्री लालबाबु राउतले बाढीको क्षतिबारे प्रधानमन्त्रीलाई अवगत गराए

काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा बाढी र डुबानबाट भएको क्षतिबारे प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका छन् । आइतबार मुख्यमन्त्री राउत सहितको सर्वदलीय टोलीले प्रधानमन्त्री ओलीलाई भेटी असार २७ गते आएको भीषणबाढीबाट प्रदेश– २ मा भएको क्षतिबारे अवगत गराए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मुख्यमन्त्री राउतले बाढीबाट प्रदेश–२ मा सार्वजनिक र निजी गरी अर्बौ रुपैयाँ बराबरको क्षति भएको ३७ जनाको मृत्यु भएको तथा हजारौं परिवार घरबारविहीन भएको जानकारी दिए । बाढीबाट भएको क्षतिको परिपूर्ति प्रदेश सरकारको हैसियत भन्दा बाहिर रहेको उल्लेख गर्दै राउतले विस्थापितको पुनर्वास र पुनर्निमाणका लागि संघीय सरकारलाई सहयोग गर्न आग्रह गरे ।

भेटमा मुख्यमन्त्री राउतले विस्थापित परिवारको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मत माथि विशेष जोड दिए। प्रधानमन्त्री ओलीले केही दिन भित्रै बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

भेटमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव समेतको उपस्थिति थियो भने प्रदेश–२ को सर्वदलीय टोलीमा मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव सहितको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला