साँखु–जोरपाटी सडक सुधार्न दवाव समिति गठन

      साँखु–जोरपाटी सडक सुधार्न दवाव समिति गठन

पारु तिवारी/साँखु  । चावहिल–साँखुसम्मको यात्रा कति कष्टकर छ भन्ने कि त त्यो रुटका चालकलाई थाह छ, कि दैनिक आवतजावत गर्ने यात्रीलाई । ११ किलोमिटर दूरी पार गर्न २ घण्टा लाग्छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्नु त स्थायी समस्या नै भयो । यही समस्यालाई ध्यानमा राखेर शंखरापुर नगरपालिकाका स्थानीयले साँखु–जोरपाटी शंखरापुर सडक सरोकार समिति गठन गरेका छन् ।

शनिबार स्थानीयवासी भेला गरी मिलन खड्काको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो ।  ‘हिलो र धुलो सास्ती कति सहने ?’ शंखरापुर नरपालिका नेपाली कांग्रेसकोतर्फबाट  मेयरका प्रत्यासी  शंकर तिवारीले भने,‘सडकको निकै दुरावस्था भयो त्यसलाई पार लगाउन समिति बनेको छ ।’

यात्रु मात्र होइनन् सडक छेउका वासिन्दाले पनि यतिबेला निकै सास्ती खेपेका छन् । सडक विस्तार शुरु गरेको वर्षौ बित्दा पनि करीब ११ दशमलव ४६ किमी सडकको काम सम्पन्न हुनसकेको छैन । यसका साथै शंखरापुर नगरका अन्य शाखा सडकको दुरवस्था पनि उस्तै छ । सबै समस्या एकीकृत गरेर दवाव दिने उद्देश्यले समिति गठन गरिएको तिवारीको भनाइ छ ।

१ महिना अघि नगरसभा सम्पन्न हुँदा त्यसक्षेत्रका सांसद एवम् नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालबाट सडक सुधारको आश्वासन पाएपनि काम नभएपछि स्थानीयले समिति मार्फत दबाव दिने जनाएका छन् ।  

 

प्रतिकृया दिनुहोस

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

बस दुर्घटनामा १० घाइते, एकको अवस्था

कर्मचारीको सुझाव बेवास्ता गरेर संघीय

त्रिशूली बस दुर्घटना मृतकको संख्या

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला