निर्मला हत्याकाण्डमा शंका गरेका सबैमाथि पुनः प्रभावकारी अनुसन्धान जरुरीः नेपाल मानव अधिकार संगठन

निर्मला हत्याकाण्डमा शंका गरेका सबैमाथि पुनः प्रभावकारी अनुसन्धान जरुरीः नेपाल मानव अधिकार संगठन

काठमाडौ, १० साउन । नेपाल मानव अधिकार संगठनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा समग्र अनुसन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको आरोप लगाएको छ ।

निर्मलाको हत्या भएको एक वर्ष बित्दा पनि अझैसम्म दोषी पत्ता लगाउन नसकेकोे भन्दै संगठनले सरकारको कामप्रति आपत्ति जनाएको छ । संगठनले घट्ना भएको एक वर्षपछि पुनः उक्त घट्नासँग सम्बन्धित सबै अनुसन्धान प्रतिवेदन सार्वजनिक गराई प्रतिवेदनले शंका गरेका सबैमाथि प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकार समक्ष माग गरेको छ ।

शुक्रबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर उक्त संगठनले यस्तो आपत्ति जनाएको हो । संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले सरकारले घटनाको एक वर्ष हुँदै गर्दा ‘निर्मलाजस्ता काण्ड हिजोपनि भएका थिए र भोलिपनि हुँदै गर्छन’ भन्ने गृहमन्त्रीको अभिव्यक्तिले देशमा कोहीपनि सुरक्षित नरहेको भनाई राखेका छन ।

संगठनले निर्मला पन्त बलात्कार हत्या घटनाको एक वर्ष खोई न्याय ? भन्दै प्रहरीको अनुसन्धान प्रक्रियाका नै कमजोर भएको दाबी गरेको छ । संगठनको विज्ञप्तिमा भनिएको छ,‘निर्मला पन्तको हत्याको पर्सिपल्ट २०७५ साउन १२ गतेपछि नै चरणवद्ध आन्दोलन भए । र, आन्दोलनकै क्रममा बालक सन्नी खुनाको प्रहरीको गोली लागेर निधन भयो । दिलीप विष्ट, चन्द्रदेव बडु, हेमन्ती भट्ट, लक्ष्मी मल्ल, जीवन घर्तीमगर, दिपक नेगी, विशाल चौधरी, प्रदिप रावललगायतलाई यातना दिईयो ।’

संगठनकाअनुसार अहिलेसम्म उक्त आन्दोलनका क्रममा उमेश देउवा, अर्जुन भण्डारा, सुरेन्द्रबहादुर देउवालगायत २५ जना भन्दा बढी घाईते भएका छन् । निर्दोषलाई यातना दिई अपराध स्विकार गर्न लगाउने, जसलाई भेट्टायो उसैलाई शंक गर्ने र अपराध स्विकार गर्न लगाउने रवैया प्रहरी प्रशासनको रहेको पनि संगठनको निष्कर्ष रहेको छ ।

ओपेरा होटलको सिसिटीभी फुटेज रेकर्ड गरि रेकर्ड कब्जामा लिई अन्तर्राष्ट्रिय विज्ञहरु समेतको सहयोगमा त्यसमा रहेका रेकर्डलाई संकलन गर्न सक्नुपर्नेमा सरकारी पक्ष उदासिन रहन गएको पनि संगठनको आरोप छ । अहिले देशमा सेन्सरसिपको वातावरण रहेको भन्दै उनले आफ्नो मौलिक अधिकार र व्यक्तिगत स्वतन्त्रताको पटक–पटक हनन हुँदै आएको बताएका छन् ।

बलात्कारको सिकारी राज्यको उच्च तह सम्मकै भएका कारण अहिलेसम्म उक्त घट्नामा निर्दाेषलाई दोषी देखाउने, न्याय माग्दा गोली चलाउने, यातना दिनेजस्ता नाटक गर्दे आएको उनले बताए ।

संगठनका महासचिव महामुनिश्वर आचार्यले आफ्नो संगठनले २०७५ असोज १० गते रिपोर्टर्स क्लब नेपालबाट स्थलगत प्रारम्भिक अनुगमन प्रतिवेदन प्रस्तुत गर्दै दोषी उपर कारवाहीको माग गरेकोमा हालसम्म पनि घटनाको सत्यतथ्य बाहिर नल्याईएको र दोषीलाई कानूनी दायरामा ल्याउन नसकेको, बलात्कार र हत्याको घटनाको मूल मुद्दा ओझेलमा पर्नेगरि जिम्मेवार व्यक्तिहरुको अभिव्यक्ति आउनुले मानव अधिकार, लोकतन्त्र र कानुनी शासनको खिल्ली उडाएको टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै निर्मला हत्या प्रकरणका घाईते सुरेन्द्र बहादुर देउवाले आफुलगायत अन्य सर्वसाधारण अहिलेपनि चोट सहेर बस्दै आएको गुनासो पोखे ।  

प्रहरी दमनमा परि आफ्नो भाच्चिएको हातको पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आएको जनाउदै अहिलेपनि पीडितहरु अस्पतालमा अलपत्र अवस्थामा रहेको उनको भनाई छ । उनले भने,‘सरकारी कर्मचारीले नै अस्पतालमा रहेका विमारीलाई खाना तथा खर्चमा तनाव दिईरहेका छन् । उपचार गरिरहेका अर्जुन, उमेश, चेतनलगायतका साथीहरु गोलीका छर्रा बोकेर बाँचिरहेको र सरकारले उपचारमा चासो देखाउन छोडेको छ ।’

 

 

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला