अपडेटःगुल्मी पहिरोमा मृत्यु हुनेको सङ्ख्या १३

   अपडेटःगुल्मी पहिरोमा मृत्यु हुनेको सङ्ख्या १३

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा गएको पहिरोमा परेर मृत्यु हुनेहरूको सङ्ख्या १३ पुगेको छ । सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण सो गााँउपालिकको वडा नं ३ ठूलो लुम्पेक र वडा नं ४ लिम्घामा गएको पहिरोमा मुत्यृ हुनेको संख्या १३ पुगेको छ ।

लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला परेसँगै मृतकको संख्या १३ पुगेको हो । ३ जनाको बुधवार साँझ र एक जनाको बिहीबार बिहान शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलो लुम्पेकमा तिल कुमारी तरामु मगर र उनका छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो । पहिरोमा पुरिएर घाइते भएका ठूलोलुम्पेकका करिष्मा तरामु र धनी तरामुलाई दुई दिनपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ  ल्याइएको छ ।

पहिरोका कारण ६ सय परिवार घरबारविहीन भएका छन् । उनीहरुलाई सामुदायिक विद्यालयमा राखिएको छ । पहिरो प्रभावित परिवारहरुलाई घरडाँडा, अस्लेवा, रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावि, धर्मपुर प्रावि, सरस्वती मावि लगायतका स्थानमा राखिएको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित गरिएको छ ।

प्रतिकृया दिनुहोस

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

बस दुर्घटनामा १० घाइते, एकको अवस्था

कर्मचारीको सुझाव बेवास्ता गरेर संघीय

त्रिशूली बस दुर्घटना मृतकको संख्या

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला