पन्ध्रौ वाइ वाइ नेशनल एजुकेशन अवार्ड घोषणा

 पन्ध्रौ वाइ वाइ नेशनल एजुकेशन अवार्ड घोषणा

काठमाडौं । शिक्षालय राष्ट्रिय मासिक पत्रिकाले आयोजना गर्दै आएको वाईवाई नेशनल एजुकेशन अवार्ड घोषणा गरिएको छ । १३ विद्यामा प्रदान गरिने अवार्ड पन्ध्रौ श्रृङ्खला हो । पत्रिकाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस वर्ष १३ विद्यामा १६ जनालाई सम्मान गर्ने जानकारी दिएको छ ।

नेशनल एजुकेशन अवार्डका विद्यामा स्कुल अफ दि इयर, स्कुल एक्सिलेन्स अवार्ड, वेष्ट टिचर अवार्ड, कन्ट्रिब्यूसन अवार्ड, गुडविल अचिभमेन्ट अवार्ड, डेडिकेशन अवार्ड रहेका छन् । यसैगरि राइजिङ अवार्ड, क्रिएटिभ अवार्ड, एजुकेशन जर्नालिष्ट अवार्ड, एजुकेशन भिजन अवार्ड, वेष्ट प्रिन्सिपल अवार्ड, र लाइफटाइम एचिभमेन्ट अवार्ड रहेका छन् ।

चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउले २५ हजार नगद राशीको ज्ञानउदय छात्रवृत्ति सम्मान समेत यही कार्यक्रममा प्रदान गर्ने छ । पत्रकार सम्मेलनमा शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारको नाम पनि सार्वजनिक गरिएको छ । यस बर्ष नेपाल टेलिभिजनका रवीचन्द्र पराजुली तथा कारोवार दैनिकका गोपाल संग्रौलाले सो पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रमले शिक्षा क्षेत्रमा विभिन्न विधाहरु जस्तै उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, शिक्षा क्षेत्रमा काम गरिरहेका गैह्र सरकारी संस्था, शिक्षा पत्रकार, शिक्षा सेवामा संलग्न कर्मचारी, व्यवस्थापन समिति, अभिभावक संंघ, शिक्षाविद्, शिक्षाप्रेमी आदिलाई समेटिएको पत्रिकका अध्यक्ष श्याम तण्डुकारले बताए । पुरस्कार वितरण श्रावण २७ गते काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा गरिने छ ।

 

प्रतिकृया दिनुहोस

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

बस दुर्घटनामा १० घाइते, एकको अवस्था

कर्मचारीको सुझाव बेवास्ता गरेर संघीय

त्रिशूली बस दुर्घटना मृतकको संख्या

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला