वर्षाले जनकपुर–जयनगर रेल्वेको लिक टुट्यो

       वर्षाले जनकपुर–जयनगर रेल्वेको लिक टुट्यो

जनकपुरधाम । अविरल वर्षाको कारण जनकपुर–जयनगर रेल्वेको लिक टुटेको छ । रेल्वे विभागका अनुसार पानीको वहाव लिकमाथि ५ फिटले बढेको छ ।

वर्षाका कारण धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवामा लिक टुटेको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनीयर बिनोदप्रसाद ओझाले जानकारी दिए । रेल्वेको करिब ६० देखि ७० मिटरसम्मको लिक टुटेको अनुगमन प्राविधिकले गरेका छन् । जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेशन र छ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ ।

विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनरुवा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठ स्टेशन छन् । महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट छन् ।

बर्दिवास –जनकपुर– जयनगर–कुर्था– विजयपुराको कूल लम्बाइ ६९ किलोमिटर छ । त्यसमा पनि ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेर हस्तान्तरण गर्ने अवस्थामा पुगेको छ । भारत सरकारको रु १० अर्ब सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो ।

प्रतिकृया दिनुहोस

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

बस दुर्घटनामा १० घाइते, एकको अवस्था

कर्मचारीको सुझाव बेवास्ता गरेर संघीय

त्रिशूली बस दुर्घटना मृतकको संख्या

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला