पानीको निकास थुनिएपछि नेपालगञ्ज डुबानमा

        पानीको निकास थुनिएपछि नेपालगञ्ज डुबानमा

बाँके । पानीको निकास हुन नसक्दा नेपालगञ्ज डुबानमा परेको छ । बागेश्वरी मन्दिर भएर बग्ने नाला तथा सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य नाला थुनिँदा जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ ।

ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् ।  ठेकेदारले अधुरै छाडेपछि नालामा घाँस उम्रिएर निकास थुनिएको हो ।

पानी जम्मा भएपछि बस्ती पूरै डुबानमा परेको छ । उक्त ढल उपमहानगरपालिकाले एकीकृत शहरी विकास आयोजनामार्फत एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको हो । सडकमा हिँड्डुल गर्न समस्या भएको छ ।

वर्षापछि आएको बाढीका कारण बर्दियाको सत्तिघाट पुल जोखिममा परेको छ । बर्दियाको राजापुर र कैलालीलाई जोड्ने सत्तिघाटस्थित कर्णाली नदीमा निर्मित पुल जोखिममा परेको हो ।

पुलको राजापुरतर्फको भागमा प्वाल परेको छ । तटबन्ध बर्सेनी भासिँदै गएको छ । कणाली नदी धार परिवर्तन गरी पुलको किनाराबाट बग्न थालेको छ । पुल निर्माण गरिएको एक वर्षपछि तटबन्ध भत्किन थालेको राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारूले बताए ।

प्रतिकृया दिनुहोस

फलामखानी खोल्नदेखि सहरी मापदण्ड फेर्ने

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

 प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री

उफ!फेरि नासु बच्चु केसीको आत्महत्या

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला