बाढीपहिरो र डुबानमा मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो

    बाढीपहिरो र डुबानमा मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो

काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण  आएको बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको छ ।

शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ,ओखलढुंगा र काभ्रेमा ३/३ जना, धादिङ,झापा, सिन्धुलीमा २/२ जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा , धनुषा चितवन र डोल्पामा १/१ जना गरी ४३ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मृतक मध्ये १८ जना महिला र २५ जना पुरुष रहेका छन् । शनिबार साझँसम्म ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ। शुक्रबार रातिसम्म २४ जनाको मृत्यु भएकोमा शनिबार यो संख्या बढेर ४४ पुगेको हो ।

बाढीपहिरो र डुबानबाट सयौं परिवार विस्थापित र २० जना बेपत्ता भएका छन् । डोल्पामा नौ, मोरङ, रौतहट र इलाममा तीन/तीन, झापा र धादिङमा एक/एक गरी २० जना बेपत्ता छन्। बाढीपहिरो र डुबानबाट प्रदेश एक, दुई र तीनका जिल्ला बढी प्रभावित भएका छन्। लगातारको वर्षाबाट जनजीवन प्रभावित भएको छ।

गृह मन्त्रालयका अनुसार बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारमा ८ हजार सैनिक परिचालन गरिएको छ । त्यस्तै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । बाढीपहिरोबाट अतिप्रभावित १४ जिल्ला झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाडौं, ललितपुर र काभ्रेपलान्चोकमा शनिबारसम्म ३ सय ५८ जनाको सकुशल उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

वैदेशिक सहयोग नलिने

गृह मन्त्रालयले शनिबार बिहान आयोजना गरेको विपद जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिको बैठकले राहतका लागि तत्काल वैदेशिक सहयोग नलिने निर्णय गरेको छ। गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

बस दुर्घटनामा १० घाइते, एकको अवस्था

कर्मचारीको सुझाव बेवास्ता गरेर संघीय

त्रिशूली बस दुर्घटना मृतकको संख्या

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला