नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्छ : प्रम

नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्छ : प्रम

असार २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताउनुभएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उहाँले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच शुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको बताउनुभयो ।

स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने बताउँदै उहाँले भन्नुभयो, ‘जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादिता देखाएर प्रशासन क्षेत्रले छिटोछरितो रुपमा काम गर्नुपर्छ ।’ उहाँले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र अर्कातिर जनतामा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

अहिले संघ र प्रदेशका बीचमा केही विवाद देखिएको जस्तो लागेको बताउँदै उहाँले भन्नुभयो, ‘कतिपयले प्रदेश भनेको छुट्टै स्वतन्त्र सार्वभौम राज्य भनेर पनि कुरा गरेका छन्, कतिपयले प्रदेश एउटा एकाइ र निकाय मात्र भएको जस्तो कुरा गर्छन्, यी दुई कुरा यथार्थ होइन, प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो जसलाई नियन्त्रण गर्ने काम संघीय सरकारको हो ।’

उहाँले सुरक्षा, अन्तरराष्ट्रिय मामिला र आर्थिक स्रोत साधनका विषय संघअन्तर्गत हुने व्यवस्था रहेको स्पष्ट गर्नुभयो । रासस

प्रतिकृया दिनुहोस

फलामखानी खोल्नदेखि सहरी मापदण्ड फेर्ने

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

 प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री

उफ!फेरि नासु बच्चु केसीको आत्महत्या

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला