२२ दिनपछि उपाध्यक्ष हमालको शव भेटियो

२२ दिनपछि उपाध्यक्ष हमालको शव भेटियो

दाने बोहरा/हुम्ला, २२ दिनअघि खार्पुनाथ गाउँपालिकाको बेडु बिसौनीमा भएको जीप दुर्घटनामा बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमालको शव फेला परेको छ ।

सर्केघाड गाउँपालिका ४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा बुधबार (आज) बिहान ११ बजे शव फेला परेको हो ।  शव उपाध्यक्ष शाहीकै भएको जिल्ला प्रहरी कार्यालयका पमुख रामप्रसाद घर्ती मगरले पुष्टि गरेका छन् ।

शव भेटिएको खबर पाउने बित्तिकै हेलिकप्टरबाट सो स्थानमा पुगेका प्रहरी प्रमुख मगरका अनुसार उपाध्यक्ष सिन्धुका श्रीमान धिरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल लगायतका आफन्तले पहिचान गरेका हुन् । शव पहिचान गरेपछिसँगै गएका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, जिल्ला स्वास्थ्य कार्यालयका डा. दुर्गा सुर्खाली र प्रहरी प्रमुख मगरको संयुक्त टोलीले कानुनी प्रक्रिया पुर्याएर शव आफन्तको जिम्मा लगाए ।

असार ३ गते सिमकोटदेखि यांचुकुनातर्फ जाँदै गरेको जीप खार्पुनाग गाउँपालिकाको बेडु बिसौनामा दुर्घटना हुँदा उपाध्यक्ष सिन्धु शाही हमालसहित ११ जनाको मृत्यु भएको थियो । बाँकी मृत्यकको अझै लाश फेला परेको छैन् ।  

प्रतिकृया दिनुहोस

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

बस दुर्घटनामा १० घाइते, एकको अवस्था

कर्मचारीको सुझाव बेवास्ता गरेर संघीय

त्रिशूली बस दुर्घटना मृतकको संख्या

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला