भोजपुरमा प्रहरीको जवाफी कारबाहीःप्रहरी महानिरीक्षक

  भोजपुरमा प्रहरीको जवाफी कारबाहीःप्रहरी महानिरीक्षक

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा बुधबार बिहान भएको गोलीकाण्डको घटनामा प्रहरीले जवाफी कारबाही गरेको बताएका छन् ।  उनले प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो जानकारी गराएका हुन् ।

समितिको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु र डिला सङ्ग्रौलाले घटनाबारे जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनालले सो घटनाबारे जानकारी गराएका हुन् ।

उनका अनुसार भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक विप्लव समूहले गोली प्रहार गरेपछि घटना भएको हो । ‘प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईलाई पनि गोली लाग्न पुग्यो’, उनले भने । गोली लागेका दुवै जनाको उपचारका लागि अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।

उक्त घटनामा प्रहरी जवान थमनाथ भट्टराईको काँधमा गोली लागेको समेत खनालले जानकारी दिए । उनले सो क्रममा ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र उक्त पेस्तोलमा लाग्ने छ राउण्ड गोली बरामद भएको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

बस दुर्घटनामा १० घाइते, एकको अवस्था

कर्मचारीको सुझाव बेवास्ता गरेर संघीय

त्रिशूली बस दुर्घटना मृतकको संख्या

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला