संवैधानिक निकायका काममा अवरोध नगर्न लोकसेवा आयोगका अध्यक्षको आग्रह

 संवैधानिक निकायका काममा अवरोध नगर्न लोकसेवा आयोगका अध्यक्षको आग्रह

काठमाडौं । लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरुको काममाथि अवरोध नगर्न सरकार र संसदलाई अनुरोध गरेका छन् । अध्यक्ष मैनालीले संविधान अनुसार चल्ने लोक सेवा आयोगलगायतका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको कामलाई सघाउ पुयाउने पनि स्पष्ट पारेका छन् ।

उनले संवैधानिक निकायको काम सरकार र संसदलाई नै सहयोग पुयाउनु रहेकाले उनीहरुको काममाथि अवरोध गर्न नहुने पनि स्पष्ट पारे ।

बुधबार मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै लोक सेवा आयोग, अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरुले उत्कृष्ट कार्य सम्पादन गर्न सक्ने पनि स्मरण गरे ।

अध्यक्ष मैनालीले संघीय निजामती सेवा ऐन छलफलको क्रममा रहेकाले त्यसमा सबै समुदायको आरक्षणको स्पष्ट व्यवस्था गर्न पनि संघीय संसदको ध्यानाकर्षण गराए ।

उनले आरक्षणसम्बन्धि कतिपय विषय स्पष्ट नभएकाले समावेशी कोटा निर्धारणमा आयोगलाई समेत समस्या पर्ने गरेको पनि उल्लेख गरे ।

आरक्षणको उचित व्यवस्थाका लागि संघीय निजामती सेवा ऐनमा आवश्यक सुझाव दिन सम्बन्धित आयोगहरुलाई पनि अध्यक्ष मैनालीले आग्रह पनि गरेका छन् । पछिल्लो समय स्थानीय तहका लागि लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी नभएको भन्दै विरोध गरिएको थियो ।  

प्रतिकृया दिनुहोस

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

बस दुर्घटनामा १० घाइते, एकको अवस्था

कर्मचारीको सुझाव बेवास्ता गरेर संघीय

त्रिशूली बस दुर्घटना मृतकको संख्या

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला