देशभर गर्मी वढ्यो

           देशभर गर्मी वढ्यो

काठमाडौँ । नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी बढेको छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न सहरमा मापन गरिएको गर्मीको रेकर्ड तोडिएको छ ।

‘मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,’ मौसमविद् गंगा नगरकोटीले भने, ‘प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी बढ्छ । त्यो बादल नेपाल आउन मनसुनका केही मापदण्ड पुरा गर्नुपर्छ । तर अरब सागरमा आइरहेको फानी आँधीले मनसुन विकसित हुन दिइरहेको छैन ।’

प्रिमनसुन लागे यता जुन १४ अर्थात् जेठ ३१ गते शुक्रबार काठमाडौँमा अत्यधिक गर्मी महसुस गरियो । मुख्यतः मे महिनालाई नेपाल र भारत लगायतका देशमा बढी गर्ने हुने महिनाका रूपमा चिनिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसवर्षको मे महिनाको ३२.५ डिग्री तापक्रमको रेकर्ड तोड्दै शुक्रबार काठमाडौँको तापक्रम माथि उक्लिएको हो । शुक्रबार ३३.५ डिग्री सेन्टिग्रेड तापक्र रेकर्ड भयो । गतवर्ष सन् २०१८ को मे महिनामा सैभन्दा बढी ३१.५ डिग्री तापक्रम रेकर्ड भएको थियो । सन २०१७ को मे महिनामा काठमाडौंमा ३१.६ डिग्री सेन्टिग्रेड तापक्रम रहेको थियो ।

मौसम विज्ञान विभागका अनुसार  शुक्रबार जुन १४ मा ४१.५ बाँकेको तापक्रम रेकर्ड भयो । मे २७ मा धनगढीमा सबैभन्दा बढी ४२.६ डिग्री तापक्रम रेकर्ड भएको थियो । शनिबार पोखरा तापक्रम ३४.० डिग्री मापन भएको छ । गतवर्षको जुन महिना २० तारिखको सबैभन्दा बढी ३३.२ डिग्री तापक्रमको रेकर्ड पोखराले यसपाला पाँचदिन अघि नै तोडेको छ ।

अघिल्लो महिना विराटनगरमा औसत ३५ डिग्री आसपास तापक्रम थियो । तर अहिले बढेर ३८.०डिग्री तापक्रम पुगेको छ । गतवर्ष जुन १० का दिन ३७.८ डिग्री तापक्रमको रेकर्ड यसपाला विराटनगरले पछि पारेको छ ।

आजको मौसमबारे यस्तो छ मौसम विज्ञान विभागको पूर्वानुमान

असार १ गते (आइतबार)

दिउँसो: देशको पुर्वी तथा पश्चिमि भु-भागमा सामान्य बदली रहि मध्य भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा पश्चिमि भु-भागका केहि स्थानहरुमा र मध्य भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

 

प्रतिकृया दिनुहोस

विप्लव माओवादीले लियो धनगढीमा भएको

तरकारीको मूल्य अनियन्त्रित भएसँगै

सुत्केरीको मृत्युपछि थापाथली अस्पताल

बाढी प्रभावित क्षेत्रको निरीक्षण

प्रदेश नं २ का मन्त्रीहरूले एक महिना

वर्षाले जनकपुर–जयनगर रेल्वेको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला