राष्ट्रपति भण्डारीले गरिन् ‘ता सियान बौद्ध’ गुम्बा अवलोकन

राष्ट्रपति भण्डारीले गरिन् ‘ता सियान बौद्ध’ गुम्बा  अवलोकन

सियान । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान सियान बौद्ध गुम्बाको अवलोकन गरेकी छिन् । गुम्बा परिसरमा उहाँलाई प्रमुख चेन किङले स्वागत गरे । त्यसअवसरमा राष्ट्रपति भण्डारीलाई गुम्बाको बारेमा जानकारी दिइएको थियो ।    

चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक गुम्बा हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ ।

ता सियान मन्दिरले आफ्नो ख्यातिका कारण अधिकतम पर्यटक आकर्षण गर्छ । यसको निर्माण साधारण भए पनि आकर्षक छ ।    

यो मन्दिर आकारमा निर्मित गुम्बा ताङ वंशको शासनकालमा सम्राट गाओजोङका पालामा इसं ६५२ मा बनेको हो । यस मन्दिरमा पुजारी सेङचुङले भारतबाट ल्याएको बौद्ध सामग्री राख्ने गरिन्थ्यो ।  

   त्यसअवसरमा  राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी भएका थिए ।   

प्रतिकृया दिनुहोस

विप्लव माओवादीले लियो धनगढीमा भएको

तरकारीको मूल्य अनियन्त्रित भएसँगै

सुत्केरीको मृत्युपछि थापाथली अस्पताल

बाढी प्रभावित क्षेत्रको निरीक्षण

प्रदेश नं २ का मन्त्रीहरूले एक महिना

वर्षाले जनकपुर–जयनगर रेल्वेको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला