पोशाक भत्ता खल्तीमा कर्मचारी जकेटमा

पोशाक भत्ता खल्तीमा कर्मचारी जकेटमा

दाने बोहरा /हुम्ला

बैशाख । जिल्लाका सरकारी कार्यालयका  कर्मचारीले तोकिएको पोशाक भत्ताबापतको रकम लिने तर पोशाक नलगाउने गरेको पाइएको छ। जिल्लास्थित सरकारी कार्यालय, शिक्षण संस्था,स्वाथ्य क्षेत्र र स्थानीय तहमा गरेर १ हजार १ सय २८ भन्दा बढी कर्मचारी रहेका छन। उनीहरूले आर्थिक वर्ष २०७४/०७५ सालमा पोशाक भत्ताको १ करोड ९२ लाख रुपैयाँ बुझेका छन् । तर,अधिकांशले तोकिए बमोजिमको पोशाक लगाउने गरेका छैनन् ।

दुर्गम हिमाली जिल्ला हुम्लामा भने यस वर्षदेखि २० हजारका दरले कर्मचारीलाई पोशाक भत्ता दिने सरकारले निणर्य गरेको हो। तर हुम्लामा अहिलेसम्म सरकारी कार्यालयका कर्मचारीले पोशाक नलगाएर कार्यालयमा हाजिर भएका छन्। उता सरकारी कार्यलयकै मुटु मानिएको जिल्ला प्रशासन कार्यालयममै कर्मचारीले पनि तोकिएको पोशाक लगाउदैनन् । 

अधिकांश कार्यालयका कर्मचारीले पाएको पोशाक भत्ता खल्तीमा गएको र कार्यालय संचालन अवधिभर सरकारले तोकिएको पोशाक भन्दा बाहिर ड्रेसमा काम गरिररेहका छन्। सिमकोट गाउँपालिका कार्यालयमा सेवा लिन गएका सेवाग्राही भुवन भण्डारी भने अहिले को कर्मचारी को सेवाग्राही आफूले कसैलाई नचिनेकै कारणले छुटाउनै गाह्रो भएको बताए।

कर्मचारी र सेवाग्राही छुट्याउन सजिलोका लागि पोशाक अनिवार्य लगाउनुपर्ने परिपत्र जारी गरिए पनि मुख्य जिल्ला प्रशासन कार्यालय जिल्ला प्रशासन कार्यालयका मातहतका कार्यालय गाउँपालिका वडामा रहेका धेरै कर्मचारीले नै पोशाक नै नलगाई कार्यालयमा काम गरिरहेको स्रोतले बताएको छ।

प्रमुख जिल्ला अधिकारी धोलकराज ढंकाले हिमाली जिल्ला भएकोले समस्या भएको हुन सक्ने भन्दै  आगमी दिनमा सबै कर्मचारीलाई तोकिएको पोशाक लगाउन निर्देशन दिने बताए । उनले भने,‘कर्मचारीको नियमित बैठकमा कार्यालय अवधिभरि पोशाक लगाएर काम गर्न निर्देशन छ ।’ 

जिल्लाका अधिकांश शिक्षण संस्था बाहेकका कार्यालयका कर्मचारीले सरकारले तोकेको पोशाक नलगाएको स्वीकार गरेका छन्। कर्मचारीले नै नियमको दुरुपयोग गरेपछि सरकारले दिएको पोशाक भत्ता कर्मचीको खल्तीमा गएको र कार्यालयमा कर्मचारी सेवाग्रही छुटाउन समस्या भएको सिमकोट गाउँपालिका २ निवासी गोरसिंह बोहराले बताए। तोकिएको पोशाक नलगाउने कर्मचारीलाई निजामति सेवा ऐन २०४९ बमोजिम कारबाही गर्ने व्यवस्था रहेपनि हुम्लाको हकमा भने यो कागजी कानून मात्र सावित भएको छ । 

सेवाग्राही र कर्मचारीलाई कार्यालयमा जाँदा सजिलैसँग चिन्न सकियोस् भनेर सरकारले आफ्ना मातहतका सबै कार्यालयका कर्मचारीलाई पोशाक अनिवार्य गरेको हो । पुरुष कर्मचारीका लागि सेतो सर्ट, गाढा निलो पाइन्ट र महिला कर्मचारीका लागि निलो साडी तोकिएको छ। महिला कर्मचारीले असहज भए सेतो सर्ट र गाढा निलो पाइन्ट लगाउन सकिने जिल्ला प्रशासन कार्यालय स्रोतले बताएको छ। सरकारले प्रत्येक कर्मचारीलाई वार्षिक एकमुष्ठ १५ हजार रुपैयाँका दरले पोशाक भत्ता दिँदै आएको छ ।  

प्रतिकृया दिनुहोस

सरकारले माग सम्बोधन नगरेको भन्दै पत्रकार

बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु

मिडिया काउन्सिल विधेयकको विरोधमा

अनैतिक क्रियाकलापमा संलग्न २८ व्यक्ति

काठमाडौं मलमा घोटालाः सुष्मा महराले

सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला