रहेनन् नेपाली शब्दसागर पिता वसन्तकुमार

       रहेनन् नेपाली शब्दसागर पिता वसन्तकुमार

काठमाडौँ । वरिष्ठ साहित्यकार एवम् नेपाली शब्दसागरका रचनाकार वसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको समस्याबाट पीडित नेपालको शनिबार दिउँसो निजी निवास चावहिल मैँजुबहालमा निधन भएको हो ।

उहाँ नेपाली साहित्य जगतमा उच्च प्रतिभावान व्यक्ति भएको साहित्यकार प्रयागराज भट्टराईले बताए । उनको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको भट्टराईको भनाइ छ । साहित्यिक रचनाका साथै नेपालको शैक्षिक उन्नयनमा नेपालको उत्तिकै योगदान रहेको भट्टराईले बताए ।

१९७९ साल चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मिएका साहित्यकार नेपाल दुई महीनादेखि निवासमै अचेत अवस्थामा थिए । पाँच महीनाअघि फोक्सोमा समस्या देखिएको थियो । दुई महीनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छाडेको पारिवारिक स्रोतले बताएको छ । उहाँको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उनको ‘नेपाली शब्द सागर’  २०५७ साल चैत ३० गते प्रकाशित भएको थियो । शब्दसागरमा एक लाख २५ हजार शब्द थिए ।  उनले महाभारतलाई गद्यमा चार खण्डमा अनुवाद गरेका छन् ।

यसैगरी १३५ वटा उपनिषद् पनि अनुवाद गरेका छन् । हालसम्म उनका ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ । १०० वटा पाण्डुलिपी तयार छन् । उनका श्रीमती, चार छोरा र तीन छोरी छन्।

पशुपति क्याम्पसको संस्थापक पहिलो क्याम्पस प्रमुख

स्व. वसन्त शर्मा नेपाल चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसको संस्थापक एवम् पहिलो क्याम्पस प्रमुख समेत हुनुहुन्थ्यो । वर्तमान क्याम्पस प्रमुख प्रयागराज भट्टराईका अनुसार उहाँले २०३७ सालदेखि २०४१ सालसम्म क्याम्पस प्रखुखका रुपमा काम गर्नु भएको थियो । यस दुखद घडीमा अमरवाणी मिडिया परिवार उहाँ आत्मशान्तिको कामना गर्दै परिवारजनमा दुःख धैर्यधारण गर्ने शक्ति प्रदानको कामना गर्दछ । 

प्रतिकृया दिनुहोस

विप्लव माओवादीले लियो धनगढीमा भएको

तरकारीको मूल्य अनियन्त्रित भएसँगै

सुत्केरीको मृत्युपछि थापाथली अस्पताल

बाढी प्रभावित क्षेत्रको निरीक्षण

प्रदेश नं २ का मन्त्रीहरूले एक महिना

वर्षाले जनकपुर–जयनगर रेल्वेको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला