भ्रष्टाचारको गन्ध पनि सहन्नःप्रधानमन्त्री

भ्रष्टाचारको गन्ध पनि सहन्नःप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले परिणाम देखिने गरी काम गर्न सबै निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारी निकायमा भ्रष्टाचार बढेको तिर संकेत गर्दै आफूले भ्रष्टाचारको गन्ध नसहने बताएका छन् ।   आईतबार सिंहदरबारमा बसेको गरिबी निवारणको कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आए आफूले त्यसलाई नसहने चेतावनी समेत दिए ।

कोषका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीले गरिवी निवारणको क्षेत्रमा गरेका कामको मूल्यांकन गरेर मात्रै गरिवी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताउनु भएको कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले बताएका छन् । कोषले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ ।

त्यसैगरी ३२ हजार गरिवी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले बताए । गरिवी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन् । उनीहरुको संचालन र त्यसमा रहेको कोषको परिपाचन पनि स्थानीय तहले नै गर्ने कोषले निर्णय लिएको पनि गरिवी निवारण कोषले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

पोशाक भत्ता खल्तीमा कर्मचारी जकेटमा

रहेनन् नेपाली शब्दसागर पिता वसन्तकुमार

‘धर्मनिरपेक्षता तत्काल खारेज गर्नुपर्छ,

 विप्लवको नेपाल बन्दः कहाँ के भयो ?

विवेकशील पार्टीका डेढ दर्जन नेता कार्यकर्ता

‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो,

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला