बारमा फेरि प्रगतिशील प्यानललाई अग्रता

   बारमा फेरि  प्रगतिशील प्यानललाई अग्रता

काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेसागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन् । काठमाडौं उपत्यकामा मतगणनासँगै श्रेष्ठ अगाडि देखिएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार प्रगतिशील समूहका श्रेष्ठले २४ सय ४५ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी वृहतलोकतान्त्रिक समूहका सुनिल पोखरेलले २३ सय ७५ मत प्राप्त गरेका छन् । यसअघि पोखरेलले अग्रता लिएका थिए ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल अगाडि छन् । पौडेलले २४ सय ५४ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी सुरेन्द्रबहादुर थापाले २३ सय १४ मत पाएका प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।

२५ औं केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बारको निर्वाचन सम्पन्न भएको थियो । बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक–एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए । अन्य पदमा प्रगतिशील पक्षका उम्मेदवार अगाडि देखिएका छन् । निर्वाचन समितिले बिहीबार अन्तिम मत परिणाम आउने बताएको छ ।

 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओलीले भने,‘शेरवहादुर

कर्णालीमा जीप खस्यो, उपाध्यक्षसहित

देशभर गर्मी वढ्यो

स्थानीय तहले कर्मचारी राख्ने बाटो

मिडिया काउन्सिल विधेयक परिमार्जन

छोरीलाई जवरजस्ती बलात्कार गर्ने

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला