नेपाल बारको निर्वाचनः दुबै पक्षको चुनाव जित्ने दाबी

 नेपाल बारको निर्वाचनः दुबै पक्षको चुनाव जित्ने दाबी

काठमाडौं । नेपाल बार एसोसिएशनको नेतृत्वको लागि अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ र सुनील पोखरेलले आ–आफ्नो जितको दाबी गरेका छन् । चैत १६ गते हुने बारको निर्वाचनमा नेकपा निकट कानुन व्यवसायी श्रेष्ठ र प्रजातान्त्रिक (कांग्रेस) तर्फबाट पोखरेल नेतृत्वको प्यानल चुनावी मैदानमा छ ।

शुक्रबार रिपोर्टर्स क्लबले निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै दुबै अध्यक्षका उम्मेदवारले चुनाव जित्ने दाबी गरेका हुन् । श्रेष्ठले आफूहरुले ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हाम्रो सरोकार स्वतन्त्र, सक्षम, निष्पक्ष र भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि व्यवसायिक बार’ भन्ने मूल नारा दिएको सुनाए । उनले न्यायापालिकामा देखिएको विकृति, विसंगति तथा भ्रष्टाचारलाई नियन्त्रण गर्ने सुनाए । विधिको शासन, मानवअधिकारको रक्षा र पेशागत हकहितको लागि आफूले काम गर्ने श्रेष्ठको प्रतिबद्धता छ ।

स्वतन्त्र न्यायपालिका बनाउनको लागि बारले सहकार्य र खबरदारीको दुवै भूमिका निर्वाह गर्ने पनि उनले सुनाए । त्यस्तै, न्यायपालिकालाई स्तरीय बनाउनको लागि न्याय परिषदमार्फत मूल्यांकन गर्ने र डाटा बेशमा लैजाने उनले आफ्नो योजना सुनाए । बृहत लोकतान्त्रिक, समावेशी तथा पेशागत समूहबाट अध्यक्षका प्रत्यासी सुनील पोखरेलले आफ्नो प्यानलले ‘स्वतन्त्र, सक्षम, भ्रष्टाचारमुक्त र निर्भिक न्यायपालिकाको स्थापनाका लागि बृहत लोकतान्त्रिक प्यानलको जित’ भन्ने नारा तय गरेको सुनाए । पोखरेलले यसपटकको निर्वाचन नेतृत्वकेन्द्रित नभएर नीति केन्द्रित हुने स्पष्ट पारे ।

न्यायापालिकामा रहेका विकृति सुधार्नुनै आफ्नो प्रमुख लक्ष्य भएको उनको भनाई छ । उनले आफूले बारको भीजन र मिशनलाई अघि बढाउने पनि प्रतिबद्धता जनाए । उनले न्यायालयमा निर्देशित र नियन्त्रित शासन व्यवस्था हटाउन, स्वतन्त्र न्यायापालिकाको रक्षा गर्न, कानून व्यवसायीको मर्यादाको स्तरोन्नति तथा न्यायपालिकालाई विकृतिविहीन बनाउन ’जुडिसिएल ट्रेन्ड एनालाइसिस’को शुरूआत गर्न आफूले उम्मेदवारी दिएको र जीत सुनिश्चित रहेको दाबी गरे ।

आफूले देशभरिका कानून व्यवसायीहरुको हकहित संरक्षण गर्ने र मर्यादाक्रम कायम गर्ने पनि उनले सुनाए । त्यस्तै, बार काउन्सिललाई प्रभावकारी बनाउने र बारलाई पारदर्शी बनाउने पनि पोखरेलले योजना सुनाए । पेशामा आउन लागेका नवोदित व्यवसायी साथीहरुलाई तपाईहरुको लागि आशाको केन्द्रको रुपमा बार छ है भनेर देखाउनेपनि उनले सुनाए ।

बार र अदालतलाई रिफर्म गर्ने एजेण्डासहित आफू चूनावी मैदानमा होमिएको उनले सुनाए । उनले नेतृत्वको लागि स्वस्थ प्रतिष्पर्धा हुने र आफूहरुको विचार पनि धेरै मिलेको जिकीर गरे ।

 

प्रतिकृया दिनुहोस

पोशाक भत्ता खल्तीमा कर्मचारी जकेटमा

रहेनन् नेपाली शब्दसागर पिता वसन्तकुमार

‘धर्मनिरपेक्षता तत्काल खारेज गर्नुपर्छ,

 विप्लवको नेपाल बन्दः कहाँ के भयो ?

विवेकशील पार्टीका डेढ दर्जन नेता कार्यकर्ता

‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो,

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला