इच्छाविपरित लोला हाने कारबाहीःप्रहरी

          इच्छाविपरित लोला हाने कारबाहीःप्रहरी

काठमाडौं  । होली पर्वलाई लक्षित गरेर नेपाल प्रहरीले राजधानीमा विशेष सुरक्षा योजना ल्याएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सुरक्षा परिषद्ले होलीमा कसैको इच्छाविपरित रङ दल्ने र लोला हाल्ने कार्य गरेको पाइएमा कारबाही गर्ने बताएको छ ।

होली पर्वमा अपरिचित व्यक्तिलाई जबरजस्ती लोला हान्ने, रंग दल्ने र फोहोर छ्याप्ने लगायतका अमर्यादित क्रियाकलाप गर्ने जोसुकैलाई तत्काल नियन्त्रणमा लिई सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रहरी परिसर काठमाडौंले बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले विगतका फागु पूर्णिमामा ससाना बालबालिकाले समेत पैदल यात्रुलाई लोला हान्ने, जबरजस्ती रंग दल्ने र फोहर अण्डालगायतका वस्तु हान्ने गरिएकाले यसपटक बालबालिकाले त्यस्तो अमर्यादित कार्य गरेको पाइए तिनका अभिभावकलाई कारबाही गर्ने बताएका छन् ।

महानगरीय प्रहरी परिसरले होली पर्वको सुरक्षाका लागि १७११ जना प्रहरी खटाएको छ। १०७ पिकेटअन्तर्गत मोबाइल टोली २० वटा, रिजर्भ टोली ११ बटा, सिआरबी टोली ४६ वटा १३० बढी सादा पोसाकका प्रहरी, क्युआटी ९६ वटा र ४६ जनालाई पैदल गस्तीमा खटाएको बताएको छ ।  

 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओलीले भने,‘शेरवहादुर

कर्णालीमा जीप खस्यो, उपाध्यक्षसहित

देशभर गर्मी वढ्यो

स्थानीय तहले कर्मचारी राख्ने बाटो

मिडिया काउन्सिल विधेयक परिमार्जन

छोरीलाई जवरजस्ती बलात्कार गर्ने

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला