डा. राउतको अध्यक्षतामा जनमत पार्टी गठन

        डा. राउतको अध्यक्षतामा जनमत पार्टी गठन

काठमाडौं । डा. सीके राउतको नेतृत्वमा ‘जनमत पार्टी’ गठन गरिएको छ ।  

स्वतन्त्र मधेश गठबन्धनको सिरहाको लहान– ७ मा चैत्र ३ र ४ गते बसेको राष्ट्रिय परिषद्को बैठकको केन्द्रीय भेलाले डा. राउतको अध्यक्षतामा ३५ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ । विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिको सहभागितामा परिषद् भेला गरी पार्टी गठन गरिएको हो ।

पार्टीले सरकारसँग फागुन २४ गते सम्पन्न ११ बूँदे सहमति ऐतिहासिक भएको र मधेशी जनताका लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै राष्ट्रिय परिषद्ले सहमतिको स्वागत गरेको छ।

३५सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा कैलाश महतो (महोत्तरी), राज कुमार यादव (सिरहा), अब्दुल खान (बर्दिया), चन्दन सिंह (महोत्तरी), बबिता ईसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु (मोरंग), सीताराम पंडित (सुन्सरी), सुरेन्द्र शर्मा (सप्तरी), सतिला यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), संजय यादव (महोत्तरी), नरेश कुशवाहा (सर्लाही), वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा), संजय साह (पर्सा), ध्रुव गौड (नवलपरासी), भोपेन्द्र यादव (रुपन्देही), हकिकुल्ला खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष (बाँके), महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आशा मेहता (सुन्सरी) रहेका छन्। बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको छ।

केन्द्रीय भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ़ने निर्णय गरेको छ। साथै पार्टीको झाण्डा लोगो र चुनाव चिन्ह अष्टदल राख्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

पोशाक भत्ता खल्तीमा कर्मचारी जकेटमा

रहेनन् नेपाली शब्दसागर पिता वसन्तकुमार

‘धर्मनिरपेक्षता तत्काल खारेज गर्नुपर्छ,

 विप्लवको नेपाल बन्दः कहाँ के भयो ?

विवेकशील पार्टीका डेढ दर्जन नेता कार्यकर्ता

‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो,

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला