विप्लवको बन्दः ठाँउ–ठाँउमा बम आतंक,प्रभाव सामान्य प्रहरी

            विप्लवको बन्दः ठाँउ–ठाँउमा बम आतंक,प्रभाव सामान्य प्रहरी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । सहरीक्षेत्रमा सार्वजनिक सवारी साधन प्रयाप्त मात्रमा चल्न सकेका छैनन् । शिक्षण संस्था,कलकारखाना र बजार पूर्ण रुपले सञ्चालनमा आउन सकेका छैनन् ।

नेपाल बन्दको देशव्यापी प्रभाव सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए ।  अहिलेसम्म बन्द गराउँदै हिडने ३ जना कैलालीमा पक्राउ परेको जानकारी उनले दिए ।

बन्दमा काठमाडौं उपत्यका बाहिर ठाँउ–ठाँउमा बम राखिएका समाचार प्राप्त भएका छन् । उदयपुरको कटारी नगरपालिका – २ देवीधाप स्थित सडकमा बम भेटिएको छ । मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ सप्लाई गर्ने शिवम मल्टिर्पस प्रालिको गेटे अगाडि बम फेला परेको हो ।

प्यूठानको दुई स्थानमा संकास्पद वस्तु फेला  परेको प्रहरीले बताएको छ ।  माण्डवी गाउँपालिका–३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा शंस्कासपपद वस्तु फेला परेको प्रहरीले बताएको छ । बिप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दले पश्चिम नेपालको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि महेन्द्रनगर बसर्पाकदेखि छोटो तथा लामो दुरीमा चल्ने सवारी साधन चल्न सकेको छैन् ।

बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु निस्क्रिय गरिएको बताए । बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन् ।

बडैपुरमा बसमा आगजनी  

कैलालीको बडैपुरमा बसमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् । आगजनीबाट बस जलेर पूर्णरूपमा क्षति भएको छ ।

बसमा कसले आगजनी गरेको हो भनेर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति चार बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत बडैपुरको जंगलमा पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसबाट यात्रुलाई ओरालेर आगजनी गरिएको हो ।

 

 

प्रतिकृया दिनुहोस

नेकपा महासचिव विष्णु पौडेल कोरियामा

२५ हजार घुससहित शिक्षा इकाई प्रमुख

खानेपानी मन्त्री विना मगरलाई कालो

सेनाको हेलिकप्टर चार्टर गरेर पार्टी

सिबीटीको परीक्षा भदौ १६ गते हुने

सरकार परिवर्तन हुन सक्छःप्रचण्ड

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला