फोनका भरमा योजना बाड्छन् वडा र गाउँपालिका अध्यक्ष,सदस्य किनारा साक्षी

फोनका भरमा योजना बाड्छन् वडा र गाउँपालिका अध्यक्ष,सदस्य किनारा साक्षी

दाने बोहरा/ हुम्ला   हुम्लामा वडा र गाँउपालिका अध्यक्ष मिलेर विकास निर्माणका आयोजना छनोट गर्ने गरेको भेटिएको छ । बिहीबार सिमकोट गाउँपालिकाका वडा सदस्यहरूले वडा र गाँउपालिकाका अध्यक्षले मनोमानी योजना छनोट गर्दै आएको भन्दै हिउँदे गाउसभा बैठक बहिस्कार गरेपछि यो तथ्य पुष्टि भएको हो । गाँउसभा बैठक बहिष्कार गर्ने आठै वडाका सदस्यको गुनासो उस्तै थियो आफूहरुलाई वडा अध्यक्षहरूले अधिकारविहीन बनाएको भन्ने  ।

गाउँपालिकाले आफुहरुको मागको सम्बोधन नगरी अचानक बैठकमा बोलाएको वडा २ का सदस्य हुनी बोहराले बताए ।  हिउँदे अधिवेसन देखि हिउँदे भ्रमण, गाउँपालिकाले वडामा विनियोजित गर्ने योजनामा सदस्यहरू भूमिकाविहीन बनाइएको गुनासो उनले गरे ।   गाउँपालिकामा विनियोजित हुने योजना फोनका आधारमा वडा र गाउँपालिका अध्यक्ष उपाध्यक्ष एवम् निकटका आसपासेका भरमा छनोट गरेका कारण आफूहरू विरोधमा उत्रिएको उनीहरूको भनाइ छ ।

वडाबाट प्रस्ताव गरिएका योजना वडाध्यक्षले फोनबाटै कोटेसन दिने गरेको समेत बोहराले गुनासो गरे ।  गाउँपालिकामा योजना माग गर्दा सबैको सल्लाहमा गरिन्छ उपभोक्ता चयन गर्दा वडा अध्यक्ष एक्लै गर्ने र आफु दुई तीन महिना देखि जिल्ला बाहिर बस्ने निमित्तको भरमा वडा कार्यलय चलाउने, फोनका आधारमा कोटेसन दिने गरेको उनको भनाइ छ ।

यस्तै वडा नं ७ का सदस्य कृष्ण बहादुर शाही आफुहरुलाई गाउँपालिकाले कुनै पनि जानकारी नदिने गरेको बताए । जनप्रतिनिधि सबैलाई जनताले नै भोट दिएर चुनाएको भएता पनि वडा सदस्य र कार्यपालिका सदस्य वीच अधिकारमा भिन्नता भएकाले हिउँदे बैठक वहिस्कार गरेको उनको भनाइ छ ।  

गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले भने दुई घण्टा बैठक अवरुद्ध भएता पनि बहुमतका आधारमा बैकठ सम्पन्न गरेको जानकारी दिए । हिउँदे बैठक सकाएर आफुलाई प्रदेश सरकारको बैठकमा सहभागि हुने हतार भएका कारण जसोतसो बैठक सम्पन्न गरेको उनले बताए ।

 

प्रतिकृया दिनुहोस

नेकपा महासचिव विष्णु पौडेल कोरियामा

२५ हजार घुससहित शिक्षा इकाई प्रमुख

खानेपानी मन्त्री विना मगरलाई कालो

सेनाको हेलिकप्टर चार्टर गरेर पार्टी

सिबीटीको परीक्षा भदौ १६ गते हुने

सरकार परिवर्तन हुन सक्छःप्रचण्ड

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला