११ बुँदेको विरोध गर्ने अधिकारकर्मी पक्राउ

           ११ बुँदेको विरोध गर्ने अधिकारकर्मी पक्राउ

काठमाडौं । सरकार सिके राउतबीचको ११ बुँदे सहमतिको विरोधमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  मानव अधिकार तथा शान्ति समाजले बुधबार आयोजना गरेको विरोध प्रदर्शनबाट प्रहरीले अधिकारकर्मीलाई गिरफ्तार गरेको हो । 

सरकार र सिके राउतबीच भएको ११ बुँदे अपराधजन्य सहमति र सत्ताद्वारा सार्वभौमसत्तामाथि खेलवाडको विरोधमा शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको हो  । 

विरोध प्रदर्शनबाट प्रहरीले अधिकारकर्मी कृष्ण पहाडीसहित समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, गीता तिमल्सिना, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, विपी पौडेल, बाबुराम न्यौपाने, विनित अर्याल, नानीकाजी गिरी, भगवान पुडासैनी, अर्जुन लामिछाने, भक्त लिम्बु, नामबहादुर पुनसहित १६ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

विरोध प्रदर्शनमा ११ बुँदे नौटंकी अपराधजन्य सहमति, सार्वभौमसत्तामाथि खेलवाड बन्द गर लगायतका प्लेकार्ड बोकिएको थियो ।

प्रतिकृया दिनुहोस

नेकपा महासचिव विष्णु पौडेल कोरियामा

२५ हजार घुससहित शिक्षा इकाई प्रमुख

खानेपानी मन्त्री विना मगरलाई कालो

सेनाको हेलिकप्टर चार्टर गरेर पार्टी

सिबीटीको परीक्षा भदौ १६ गते हुने

सरकार परिवर्तन हुन सक्छःप्रचण्ड

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला