चीनबाट गाई आयात गर्ने सम्झौता खारेज नगरे ५ लाख किसान विस्थापित हुने

       चीनबाट गाई आयात गर्ने सम्झौता खारेज नगरे ५ लाख किसान विस्थापित हुने

काठमाडौं । केन्द्रीय पशुपन्छी  पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सहकारी संघले चीनबाट गाई आयत गर्ने सम्झौता तत्काल खारेज गर्न संघीय सरकारको ध्यानाकार्षण गराएको छ ।

संघका केन्द्रीय अध्यक्ष बाबुराम अधिकारीले प्रदेश सरकारले चीनका कम्पनीहरुसँग गरेको सम्झौता कार्यान्वयनमा आएमा नेपालका दुई हजाभन्दा बढी सहकारीमा आबद्ध ५ लाख किसान विस्थापित हुने चिन्ता व्यक्त गरे । उनले भने,‘प्रदेश सरकारले चीनका विभिन्न कम्पनीहरुसँग गरेको सम्झौता कार्यान्वयन भयो भने नेपालका किसान पनि ठूलो मारमा पर्छन् । यहाँ बेरोजगारी सिर्जना हुने अवस्था आउँछ । यसतर्फ राज्यले विशेष ध्यान दिन जरुरी छ ।’

दुग्ध तथा मासुजन्य उत्पादनमा देश आत्मनिर्भर हुँदै गइरहेको अवस्थामा कृषिको सबै क्षेत्रमा वैदेशिक लगानी भित्रँदा स्वदेशी लगानीमा स्थापित कृषिजन्य उत्पादन विस्थापन हुनजाने खतरा पनि अध्यक्ष अधिकारीले औंल्याए । उनले भने,‘सहकारीमा आवद्ध ५ लाख र त्यो भन्दा बाहिर रहेका ६ लाख गरि ११ लाख किसान विस्थापित हुने अवस्था छ । उनीहरु अब विदेश पलायन हुने खतरा आईसकेको छ ।’ अधिकारीले अहिलेपनि पूर्वाधारको विकास नहुँदा किसानले उत्पादन गरेका कृषिजन्य सामानहरुले सहज बजार नपाएको पनि दुःखेसो पोखे । उनले थपे,‘अहिले पनि बाटोघाटोको राम्रो सुविधान नहुँदा किसानको वार्षिक ७ लाख मेट्रिक टन दुध खेर गैरहेको छ । स्थानीय तथा प्रदेश सरकारले यसतर्फ पनि ध्यान दिन जरुरी छ ।’

कार्यक्रममा संघले जारी गरेको विज्ञप्ति महासचिव चन्द्रमान लामाले पढेर सुनाएका थिए । ‘हालै मन्त्रीपरिषद्बाट पारित भई संसदमा निर्णयार्थ पेश भएको कृषिमा विदेशी लगानी भित्र्याउन खुला गर्ने विधयक र नेपाल सरकारका माननीय अर्थमन्त्री युवराज खतिवडाको तहबाट मन्त्रीस्तरीय निर्णय गरी प्रदेश २, ३ र गण्डकी प्रदेशलाई चीनबाट गाई आयात गर्न सहमति दिइएको छ’ विज्ञप्तिमा भनिएको छ । यसको संघले विरोध गरेको हो ।

संघका अनुसार नेपालमा पछिल्लो तथ्याङ्क अनुसार दुधालु गाईको संख्या १२ लाख रहेको र करीब ४ लाख गाई उन्नत नश्ल सुधार गरिएका छन् । त्यसैगरी दुधालु भैंसीको संख्या १० लाख छ । विज्ञप्तिमा भनिएको छ,‘गाईभैसींबाट वार्षिक २० लाख मेट्रिकटन दूध उत्पादन हुने गरेको र सोमध्ये ५ लाख मेट्रीकटन औपचारीक बजारमा आउने गरेको छ । ८ लाख मेट्रिकटन दूध खुला बजारमा किसानले उपभोक्ताको घरघरमै गएर बिक्री गर्ने गरेका छन्, ७ लाख मेट्रिकटन दूध अहिले पनि बजारको पहुँचभन्दा बाहिर रहेको छ ।’

 

प्रतिकृया दिनुहोस

नेकपा महासचिव विष्णु पौडेल कोरियामा

२५ हजार घुससहित शिक्षा इकाई प्रमुख

खानेपानी मन्त्री विना मगरलाई कालो

सेनाको हेलिकप्टर चार्टर गरेर पार्टी

सिबीटीको परीक्षा भदौ १६ गते हुने

सरकार परिवर्तन हुन सक्छःप्रचण्ड

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला