संविधानमा व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न सक्दैनःगृहमन्त्री थापा

   संविधानमा व्यवस्था नभएको जनमतसंग्रह सरकारले गर्न सक्दैनःगृहमन्त्री थापा

भैरहवा । गृहमन्त्री रामबहादुर थापाले संविधानमा व्यवस्था नै नभएको जनमतसंग्रह सरकारले गर्न नसक्ने बताएका छन्। उनले सिके राउतसँग भएको सहमतिलाई गलत अर्थ नलगाउन पनि अनुरोध गरेका छन् ।  

भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अपराधिक तत्वलाई निस्तेज गर्न सरकार सफल भएको बताए । उनले भने,‘संविधानभन्दा माथि गएर कसैले अपराधिक गतिविधि संचालन गर्न खोजे सरकार चुप लागेर बस्दैन।’

सरकार र सिके राउतबीच भएको सहमतिमा हस्ताक्षर गरेको मसि सुक्न नपाउँदै सिके राउतको स्वागत गर्न उनका सर्मथकले जनकपुरमा निकालेको बृहत प्रर्दशनलाई गहमन्त्री थापाले उक्त क्रियाकलापलाई अन्तिम बिदाईको रुपमा खुसियालीको संज्ञा दिए ।

ुसंविधान मै व्यवस्था नभएको अखण्ड र स्वतन्त्र मधेशका बिषयमा सरकारले जनमतसंग्रह हुन सक्दैन, उनले भने ‘राजनीतिक तथा सामाजिक बिषयमा संसदको दुई तिहाई बहुमतबाट निर्णय गरेर मात्रै जनमत संग्रह गर्न सकिन्छ।’ सरकारले विखण्डनकारी शक्तिसँग सम्झौता गरेको र स्वतन्त्र मधेश गठबन्धनले आत्मसमर्पण गरेको भन्ने बाहिरी हल्ला निराधार भएको दावी गर्दै मन्त्री थापाले राष्ट्रलाई विखण्डनबाट बचाउन सरकार सफल भएको बताए।

सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, प्रदेश ५ का १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री, प्रदेश ५ का प्रमुख सचिवलगायतको सहभागिता छ।

गोष्ठीमा मुलुकको शान्ति सुरक्षाको अवस्था, चुनौति र आगामी सुरक्षा रणनीतिबारे छलफल गरी निष्कर्ष निकालिने छ। गोष्ठीको पहिलो दिन आइतबार १२ वटै जिल्लाको सुरक्षा अवस्थाबारे सम्बन्धित जिल्लाका प्रहरी प्रमुखहरुले जानकारी गराएका थिए। उनीहरुले प्रदेश ५ मा नेत्रविक्रम चन्द विप्लवबाट सुरक्षा चुनौति बढेको धारणा राखेका थिए।

प्रतिकृया दिनुहोस

नेकपा महासचिव विष्णु पौडेल कोरियामा

२५ हजार घुससहित शिक्षा इकाई प्रमुख

खानेपानी मन्त्री विना मगरलाई कालो

सेनाको हेलिकप्टर चार्टर गरेर पार्टी

सिबीटीको परीक्षा भदौ १६ गते हुने

सरकार परिवर्तन हुन सक्छःप्रचण्ड

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला