जनमत संग्रहमा जाने सहमति भएको छैन : गृहमन्त्री थापा

जनमत संग्रहमा जाने सहमति भएको छैन : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसंग जनमत संग्रह गर्ने सहमति नभएको बताएका छन् ।  

संघीय प्रतिनिधीसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले जनमत संग्रहमा जाने भन्ने कुरा भ्रामक भएको बताए ।

‘यो ऐतिहासिक सहमति हो, यसले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई अक्षुण्ण राख्न महत्वपूर्ण भूमिका खेलेको छ”, उनले भने “अनावश्यक चिन्ता र आशंका लिन आवस्यक छ जस्तो लाग्दैन ।”

स्वतन्त्र मधेशको पृथकतावादी अभियान चलाउँदै आएका सिके राउतसंग सरकारले २४ फागुनमा ११ बुँदे सहमति गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा गृहमन्त्री थापा र राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त सहमतिअनुसार सरकारले मधेशका माग जनमतसंग्रह मार्फत पूरा गर्ने प्रतिवद्धता जनाएको दावी राउतले गरेपछि यसबारे बहस शुरु भएको छ ।

उनले फेसबुक स्टाटसमा लेखेका छन् “नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनसँग भएको वार्तामा नेपाल सरकार मधेसको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि ९जनमत संग्रह० को मार्फत पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।”

राउतको सोही स्टाटसलाई लिएर सत्तारुढ दल नेकपाका नेताहरुले समेत सरकारको आलोचना गरेका छन् ।

प्रतिकृया दिनुहोस

विप्लव समूहका तेस्रो ठूला नेता हेमन्तप्रकाश

नेपाल बारको निर्वाचनः दुबै पक्षको

भारतीय भन्सारले रोक्यो रुपैडिया नाकामा

इच्छाविपरित लोला हाने कारबाहीःप्रहरी

विप्लवका पोलिटब्यूरो सदस्यसहित १७

डा. राउतको अध्यक्षतामा जनमत पार्टी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला