पशुपति शर्माको गीत बन्द गर्नु नागरिक स्वतन्त्रताको खिल्लीःकांग्रेस नेता जोशी

   पशुपति शर्माको गीत बन्द गर्नु नागरिक स्वतन्त्रताको खिल्लीःकांग्रेस नेता जोशी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले लोक गायक पशुपति शर्माको गीत सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् । सरकारले आफ्नो आलोचना सहन नसकेर यु ट्युवबाट गीत हटाउन वाध्य पारेको जोशीको भनाइ छ ।

रिपोर्टस क्लबले आइतबार आयोजना गरेको कार्यक्रममा उनले भने,‘हामीलाई त अहिले पञ्चायतकालीन शासनजस्तो झझल्को लागेको छ । सरकारले नागरिक अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।’

जोशीले वर्तमान सरकार अनुदारवादी र अलोकतान्त्रिक बनेको पनि आरोप लगाए । उनले भने,‘सरकारले भिसीलाई विमानस्थलबाट उठाएर ल्याई बालुवाटारमा किन राखियो ? मलाई प्रश्न सोध्न मन लागेको छ । अहिले सरकारले नागरिक स्वतन्त्रताको खिल्ली उडाएको छ ।’

सरकार अहिले लोकतान्त्रिक पद्धति र संविधान विपरित चलिरहेको पनि उनले आरोप लगाए । उनले भने,‘भ्रष्टाचारको विरुद्धमा गीत लेख्दा गीत नै बन्द भयो । यो सरकारको गलत कदम हो ।’

कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

नेता तामाङले भने,‘यो प्रकरणमा तत्काल पाठकलाई कारबाही होस् भनेर आवाज उठेको छ । जनताले भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कारबाही होस् र छिटो एक्शन लिनुपर्छ भनेर उठाएको आवाज जायज छ । म पनि त्यही भन्छु । सरकारले यस सम्बन्धमा छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउँछ ।’

तामाङले समाजका हरेक व्यक्तिले आफूलाई नैतिक आदर्श बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । उन्मुक्ति दिनुहुँदैन् । तर भ्रष्टाचारीलाई कारबाही गर्न विद्यमान ऐन तथा कानुन पर्याप्त छैन् । अहिले कानुनमा व्यवस्था भएको सजाय पर्याप्त छैन ।’

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले ओली सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरे । कर्णले भने,‘केवल भाषण गर्दैमा देश बन्दैन । देश बनाउनको लागि त विकास गर्नुपर्छ ।

समृद्धि ल्याउनको लागि काम गर्नुपर्छ । अहिले मुलुकको आर्थिक अवस्था डामाडोल छ ।’ कर्णले वर्तमान सरकारको एक वर्षे कार्यकालमा कोही पनि जनता सन्तुष्ट नभएको टिप्पणी गरे । उनले भने,‘यो एक वर्षमा विकास निर्माण, सुशासन, सदाचार र नियुक्ती प्रक्रिया केही पनि राम्रो काम भएको छैन् ।’

राजपाको दृष्टिकोणमा वर्तमान सरकार कतैपनि सफल नभएको उनले जिकिर गरे । विदेश नीतिमा पनि सरकार फेल भएको उनको तर्क छ ।

 

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला