ओली–प्रचण्डको कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आईसक्यो: पौडेल

 ओली–प्रचण्डको कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आईसक्यो: पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर दुइ अध्यक्षबीचको विवाद साम्य भएको बताएका छन् ।

उनले भने,‘नेपालस्थित् अमेरिकी राजदुत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ । राजदुतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’ नेता पौडेलले अमेरिकी राजदुतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिईसहेको खुलासा गरेका छन् । उनले भने,‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नुहुँदैन् ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यो विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ती जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पारे । पौडेलले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच तीन घण्टा लामो भेटवार्ता भएको जनाए । उनले भने,‘उहाँहरुबीच तीन घण्टा कुराकानी भयो । मिलेर जाने सहमति भएको छ । अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ ।’ प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आगामी दिनमा मिलेर जानेबारे गम्भिर कुराकानी भएको पनि पौडेलले जनाए । उनले भने,‘सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र निर्णय गर्दा सल्लाह गर्नेबारे उहाँहरुबीच सहमति भएको छ ।

पार्टी एकीकरणको कामलाई दुवै अध्यक्षले पहलकदमी लिने र फत्ते बनाउने पनि गम्भीर कुरा भएको छ । पार्टीभित्र अन्तरसंघर्षमा नफस्नेबारे पनि उहाँहरुबीच कुरा भएको मैले पाएको छु ।’ फरक प्रसँगमा उनले पूर्व प्रधानमन्त्री, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले वक्तव्य जारी गर्दा शब्दहरु ख्याल गर्नुपर्नेमा जोड दिए । उनले भने,‘शब्दहरुको ख्याल पुर्याउनुपर्छ । अरु कुनैपनि राष्ट्रलाई चिढ्याउनुहुँदैन् ।’

उनले नेपालले शान्ति प्रक्रिया मौलिक ढंगले टुँगो लगाउने काम गरिरहेको सुनाए । तर, केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु र केही ‘संघ÷संस्थाहरुले यो विषयलाई उचाल्ने काम गरेको उनको आरोप छ । उनले भने,‘संघ/संस्थाहरु भनेर मैले कांग्रेसलाई भन्न खोजेको होईन । कांग्रेस त शान्ति प्रक्रिया टुँगो लगाउन दृढ छ । हामी सबै मिलेर कोशिस गरिरहेका छौं ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भेनेजुएला प्रकरणमा नेपाल सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वक्तव्य जारी गर्नु नै आवश्यक नभएको प्रतिक्रिया दिए । उनले भने,‘प्रचण्डजीले भेनेजुएला प्रकरणमा अमेरिकाले हस्तक्षेप गर्यो, साम्राज्यवादी कु भन्नुभयो । प्रचण्डले त्यसरी भन्नु आवश्यक थिएन् ।’

नेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किसकेपछि सरकारले पनि भेनेजुएला प्रकरणमा प्रचण्डकै लाईनामा वक्तव्य जारी गरेको सुनाए । उनले भने,‘रुसले क्रिमियामा हस्तक्षेप गर्दा उहाँहरु किन बोल्नुभएन ? सिरियामा किन बोल्नुभएन् ?’ उनले भने,‘सरकारले पनि प्रचण्डकै लाईनमा वक्तव्य जारी गर्यो । नेपाल र अमेरिकाबीच १९४७ देखि कुटनीतिक सम्बन्ध छ, हामीलाई अमेरिकाले असाध्यै ठूलो आर्थिक सहायता गर्दै आएको छ । सरकारको वक्तव्यका कारण अहिले सम्बन्धमा हा«स आएको छ ।

नेपाल सरकारले यस्तो वक्तव्य जारी गर्नु आवश्यक थिएन् ।’ खड्काले अमेरिकालाई नेपाल सरकारले चिढ्याउने काम गर्नु आवश्यक नै नभएको जिकिर गरे । उनले ईण्डो–प्यासिफिक स्ट्राटेजीमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी भएकोले चीन रिसाएको हो कि भनेर त्यो सन्देहलाई मेटाउन प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध यस्तो वक्तव्य दिएको हो कि भन्ने कता–कता आफूलाई लागेको पनि जिकिर गरे ।

दुई तिहाईको सरकारले उत्ताउलो कुरा गरिरहेको उनको भनाई छ । खड्काले भने,‘जनताका आधारभुत कुराहरु यो सरकारले पूरा गर्न सकेको छैन् । सरकारको यो एक वर्षको पफर्मेन्स होपलेस छ ।’

मुलुकको अर्थतन्त्र यस्तै रहिरहे अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र दातृ निकायहरुसँग ऋण माँगेर धन्ने दिन आउनसक्ने खतरा पनि खड्काले औंल्याए । उनले भने,‘यस्तो अवस्था आयो भने जनता भोलि सडकमा आउँछन् ।’

 

प्रतिकृया दिनुहोस

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला