ईपीजीको प्रतिवेदन दुबै देशका सरकारले बुझ्छन् र कार्यान्वयनमा जान्छ: राजदुत आचार्य

     ईपीजीको प्रतिवेदन दुबै देशका सरकारले बुझ्छन् र कार्यान्वयनमा जान्छ: राजदुत आचार्य

काठमाडौं । भारतका लागि नवनियुक्त नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुबै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले ईपीजीको प्रतिवेदन तयार हुनु नै ठूलो उपलब्धि भएको तर्क गरे । आचार्यले भने,‘प्रतिवेदन तयार हुनु नै ठूलो उपलब्धि हो । त्यो भन्दापनि अगाडि जानुहुन्छ भने दुई देशका बीचमा उच्चस्तरबाट सहमति हुनु, १९५० को सन्धिलगायत सम्पूर्ण सन्धि, सम्झौताको पूनरावलोकन गरेर के–के कुरामा कस्तो सुधार गर्नुपर्छ भनेर त्यसलाई हेर्न सहमत हुनु नै पनि उपलब्धि थियो ।’

चाहे गिरिजा प्रसाद कोईराला भन्नुहोस् । चाहे सुशील कोइराला । प्रचण्ड भन्नुहोस् । केपी शर्मा ओली भन्नुहोस् । नेपाल–भारत सम्बन्ध पुनरावलोकन गरेर राम्रो बनाउनुपर्छ भन्ने सबैको सहमतिका साथ अनि ईपीजी गठन भएको उनको भनाइ छ । उनले ईपीजीले तोकिएकै समयसिमाभित्र प्रतिवेदन तयार पारेको स्पष्ट पारे । आचार्यले ६ महिना बितिसक्यो तर समयमै प्रतिवेदन बुझाउन सकिएन भनेर भन्नु भन्दापनि केही समय धैर्यता गर्नुपर्ने सुझाए ।

उनले भने,‘प्रतिवेदन बुझ्दैनन् । बुझ्न सकिँदैन भनेर शंकै शंकामा पर्ने हो भने त्यसको उपाय निस्कँदैन् । केही अप्ठ्याराहरुलाई हामीले बुझिदिएर धैर्य साथ काम गर्नुपर्छ । बुझ्दैनौं त भनेको छैन नि । अध्ययन गर्दै होलान् । हेर्दै होलान् । उपयुक्त वातावरणमा र उपयुक्त समयको पर्खाईमा होलान् ।’

 

 

 

 

प्रतिकृया दिनुहोस

 एनसेलको पक्षमा सर्वोच्चको आदेश, लाभकर

राष्ट्रपति भण्डारीले गरिन् ‘ता सियान

 डडेल्धुरा बस दुर्घटनाःमृतक पाँच र

देश समृद्ध बनाउन साहस र धैर्यता चाहिन्छःप्रधानमन्त्री 

पोशाक भत्ता खल्तीमा कर्मचारी जकेटमा

रहेनन् नेपाली शब्दसागर पिता वसन्तकुमार

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला