खाद्य संस्थान र नेशनल ट्रेडिङ कम्पनी मर्ज गर्ने,अरु के–के निर्णय गर्यो ओली सरकारले ?

 खाद्य संस्थान र नेशनल ट्रेडिङ कम्पनी मर्ज गर्ने,अरु  के–के निर्णय गर्यो ओली सरकारले ?

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले निर्णय सार्वजनिक गरेका हुन्। सरकारले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ कम्पनी लिमिटेडलाई गाभेर छुट्टै कम्पनी निर्माण गर्ने निर्णय गरेको छ । यसबाहेक यस्ता छन् सरकारका निर्णयः

२ ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ।

३. राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ संशोधन गर्ने निर्णय गरिएको छ।

४. विगतका जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना (१०१८०, नेपाल प्रहरी (१४४८) सशस्त्र प्रहरी बल नेपाल (३१८) र राष्ट्रिय अनुसन्धान विभाग (२३) का गरी जम्मा २८०७ जना राष्ट्रसेवकलाई शहीद घोषणा गरी सबैको नाम नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ।

५. पर्सा जिल्लाको ठोरी गाउँपालिका केन्द्र र बोगटान गाँउपालिकाको नाम परिर्वतन गरिएको छ।

६. कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ।

७. सुरक्षण मुद्रण सम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गरिएको छ।

८. देहायबमोजिमका विकास समितिहरू संघअन्तर्गत यथावत रहने गरी कायम गरिएको छ– क. जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र विकास समिति (गठन) आदेश, २०७० बमोजिम गठित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र , दुलेगौंडा, तनहुँ।

ख. सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७३ बमोजिम गठित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगञ्ज, बाँके।

प्रतिकृया दिनुहोस

अख्तियारका निवर्तमान आयुक्त पाठकमाथि

समान सुविधा नपाए आन्दोलनमा उत्रिनेःगेसो

पशुपति शर्माको गीत बन्द गर्नु नागरिक

६६२ सहसचिवको समायोजन, फागुन ३ सम्म

ओली–प्रचण्डको कुरा मिल्यो, प्रचण्डलाई

ईपीजीको प्रतिवेदन दुबै देशका सरकारले

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला