अब अधिकारका लागि कसैले शहीद हुनु पर्दैन: प्रधानमन्त्री ओली

अब अधिकारका लागि कसैले शहीद हुनु पर्दैन: प्रधानमन्त्री ओली

काठमाडौँ, १६ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गरेका छन्। सो अवसरमा उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले पनि शहीद हुनुनपर्ने बताएका हुुन्।

प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकासका लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकाङ्क्षामार्फत देशलाई आर्थिक रुपान्तरणको चरणमा लाने समय आएको उल्लेख गरे। उनले भने, “सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न आजको दिनमा सबैले फेरि सङ्कल्प गरौँ, जनमतलाई सम्मान गर्दै विधिको शासन कायम गरी अधिकारको समानतासहित देशलाई समुन्नत र विकासशील बनाएर भावी पुस्तालाई सुम्पौँ।” मुलुकमा प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति गर्ने शहीदलाई सम्मान गर्न प्रधानमन्त्री ओली लैनचौर पुगेका हुन्। सो अवसरमा नेपाली सेनाको टुकडीले सम्मान अर्पण गरेको थियो।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्य पूरा गरेर शहीदको सपना पूरा गर्ने समय आएको बताए। कार्यक्रममा मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, विशिष्ट कर्मचारी र जनप्रतिनिधिको सहभागिता थियो। दिवसका अवसरमा आज काठमाडौँ महानगरपालिकाले प्रभातफेरिको आयोजना गरेको थियो। गृहमन्त्री रामबहादुर थापालगायत विशिष्ट व्यक्ति र नागरिकको सहभागितामा रत्नपार्कस्थित शान्ति बाटिकाबाट शुरु भएको प्रभातफेरि लैनचौर पुगी समापन भएको थियो।

जहाँनियाँ राणा शासनको विरोधमा स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो। उनीहरुको सम्मानमा शहीद दिवस मनाइँदै आएको छ। यही माघ १० गतेदेखि आजसम्म सप्ताहव्यापी रूपमा देशभर शहीद दिवस मनाइएको छ। दिवसका अवसरमा प्रदेश नं ३ सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।(रासस)

प्रतिकृया दिनुहोस

देशभर गर्मी वढ्यो

स्थानीय तहले कर्मचारी राख्ने बाटो

मिडिया काउन्सिल विधेयक परिमार्जन

छोरीलाई जवरजस्ती बलात्कार गर्ने

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशनको

लोक सेवा आयोगले गरेको विज्ञापन संविधानसम्मःकार्यवाहक

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला