बम दिदिबहिनीले भनें:‘हामी निर्दोष हौंं, दोष प्रमाणित भए जेल जान तयार छौं’

बम दिदिबहिनीले भनें:‘हामी निर्दोष हौंं, दोष प्रमाणित भए जेल जान तयार छौं’

काठमाडौं । कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदिबहिनीले स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए ।

सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूलाई मानव अधिकारकर्मी भन्नेहरुले चरित्र हत्या गर्नेगरि स्थलगत अध्ययन तथा अनुसन्धान नै नगरी गलत प्रतिवेदन बाहिर ल्याएको पनि आरोप लगाए । निर्मलाकी साथीसमेत रहेकी रोशनी बमले भनिन्,‘निर्मला मेरी साथी हुन् । उनको वलात्कारपछि हत्या भएकोमा म पनि दुःखी छु, घटनाबारे सत्य/तथ्य बाहिर आउनुपर्छ ।’

प्रहरी अनुसन्धानले आफूहरुलाई दोषी सावित गरि नसकेको अवस्थामा असोज महिनातिर नेपाल मानव अधिकार संगठनको नामबाट चरित्र हत्या गर्नेगरि  आफूहरुलाई उक्त हत्याको मतियार भन्दै प्रतिवेदन बाहिर ल्याएकोप्रति उनीहरूले दुखेसो पोखेँ । उनले भनिन्,‘नेपाल मानव अधिकार संगठनको नामबाट हाम्रो चरित्रहत्या गर्नेगरि र हामीलाई त्यस हत्याको मतियार भन्दै उक्त संगठनका अध्यक्ष ईन्द्रप्रसाद अर्याल, संस्थाका महासचिव महामुनीश्वर आचार्य र कञ्चनपुर जिल्ला अध्यक्ष त्रिभुवन भट्टले प्रतिवेदन सार्वजनिक गरे ।’ अर्यालले आफूहरुसँग एक वचन पनि नसोधेको उनको आरोप छ । उनले भनिन्,‘न हामीलाई भेटे, न हाम्रा छिमेकीलाई नै सोधे यसलाई कसरी प्रमाणित गर्छन् ? मेरी दिदी अहिलेसम्म त्यो होटेलमा गए नगएको उनीहरुले बुझ्न समेत चाहेनन् ।’

आफ्नो प्रतिवेदनमा दावी गरेको कुरालाई सार्वजनिक रुपमा पुष्टि गर्नु पर्ने नेपाल मानव अधिकार संगठन र यसका पदाधिकारी इन्द्र अर्याल, महामुनिश्वर आचार्य र त्रिभुवन भट्टको दायित्व रहेको उनको भनाई छ । रोशनीले भनिन्,‘उनीहरुको प्रतिवेदन सार्वजनिक भएपछि हामी वहिष्कृत, अपमानित र नारकीय सामाजिक जीवन बिताउन वाध्य भएका छौं ।

हाम्रो पढाई छुटेको छ, सामाजिक वेइज्जति भएको छ । आफन्त र विद्यालयका साथीहरुले हामीलाई अपराधी र अनैतिक चरित्रका मानिसका रुपमा हेर्ने गर्न थालेको छन ।  उक्त झुटो प्रतिवदेनले गर्दा हाम्रो व्यक्तिगत जीवनमा पारेको क्षतिको क्षतिपूर्ति पाउनु पर्छ । उनीहरुको प्रतिवेदनले गर्दा हामीमाथि परेको शारीरिक, मानसिक र सामाजिक क्षतिको क्षतिपूर्ति दिलाइ दिन अनुरोध गर्दछु ।’

पत्रकार सम्मेलनको सुरुमै उनले आफूहरु घट्नाक्रम बताउनको लागि नभएर  आफ्नो कुरा राख्नको लागि आएको स्पष्ट पारेकी थिईन् । उनले भनिन्,‘ईन्द्र अर्यालले काठमाडौैंको एक घरको कुनामा बसेर प्रतिवेदन लेखेका हुन् । फेस–टु–फेस कुरा गर्न हामीले आज उनलाई यही पत्रकार सम्मेलनमा बोलाएका थियौं । तर, उनी आएनन् । यदि उनी सत्य थिए भने उनी आउनुपर्दथ्यो । एकोहोरो प्रतिवेदन बनाउने काम भयो । अर्याल सही छन भने प्रमाण दिनुपर्यो ।’

पत्रकारले उक्त दिन निर्मला तपाईको घरमा आउँदा के–के कुरा भयो ? त्यो दिनको बारेमा केही बताईदिनुहोस भनेर सोधेपछि रोशनीले भनिन्,‘त्यो दिन निर्मला मेरो घरमा आएकी थिई । होमवर्क गरेर फर्किएकी थिई । उ आउँदा हातमा ग्रिज लागेको थियो । सावुन पानीले धो भनें । अनि हामीबीच पढाईसम्बन्धी कुरा भयो ।’   प्रहरीले अनुसन्धानका लागि भन्दै आफूहरुलाई दुईपटक पक्राउ गरेको सुनाउँदै उनले थपिन्,‘म ७ दिन र दिदी २० दिन हिरासतमा बस्यौं । प्रहरीले हामीमाथि अनेक तरहले अनुसन्धान गर्यो । कतिपय बेला आरोप स्वीकार गर्न शारीरिक र मानसिक यातना समेत दियो ।’ प्रहरीले आफूहरुको मोवाइलको कल डिटेलपनि चेक गरेको र एक महिनासम्म दिदीको मोवाइल प्रहरीको नियन्त्रणमै राखेको तर, कुनैपनि कोणबाट घटनामा आफूहरुको संलग्नता पुष्टि नभएपछि प्रहरीले छोडेको उनले स्पष्ट पारिन् ।

कार्यक्रममा दिदी बबिता बमले आफूहरु दोषी प्रमाणित भए जेल जान तयार रहेको बताईन् । उनले थपिन्,‘दोषी को हो भनेर राज्यले छानबिन गर्ने हो । यो सरकारको काम हो । ईन्द्रप्रसाद अर्यालले आफ्नो प्रतिवेदनमा लेखेका सबै कुरा झुटो छन् । उनले झुटो कुरा लेखेर हाम्रो बद्नाम गरे । एउटा कुरा पनि सत्य छैन । यदि उनले लेखेको कुरा प्रमाणित भए हामी जेल जान तयार छौं ।’ बिना आधार र प्रमाण, र सत्य तथ्य नबुझी एकपक्षीय रुपमा आफूहरुको चरित्र हत्या गर्ने प्रतिवेदन ल्याएको नेपाल मानव अधिकार संगठनविरुद्ध अदालत जाने समेत उनले चेतावनी दिईन् । साँचो कुरा के हो ? त भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्,‘कञ्चनपुरमा गएर सोध्नुहोस । छरछिमेकलाई थाहा हुन्छ ।’ आफूले निर्मला पन्तलाई राम्रोसँग  नचिनेको पनि उनले स्पष्ट पारिन् । उनले भनिन्,‘निर्मला हाम्रो घरमा एक÷दुई चोटी आएकी हुन् । तर, म राम्रोसँग चिन्दिन् ।’

त्यस्तै कार्यक्रममा रोशनी र बबिताकी आमा ईन्द्रा बमले यो प्रकरणमा आफ्ना छोरीहरुको नाम मुछेर चरित्र हत्या गर्ने काम भएको गुनासो पोखिन् । उनले भनिन्,‘निर्मला पनि मेरी छोरी हुन् । उनले न्याय पाउनुपर्छ । दोषी पत्ता लगाउनुपर्छ ।’

 

 

प्रतिकृया दिनुहोस

अख्तियारका निवर्तमान आयुक्त पाठकमाथि

समान सुविधा नपाए आन्दोलनमा उत्रिनेःगेसो

पशुपति शर्माको गीत बन्द गर्नु नागरिक

६६२ सहसचिवको समायोजन, फागुन ३ सम्म

ओली–प्रचण्डको कुरा मिल्यो, प्रचण्डलाई

ईपीजीको प्रतिवेदन दुबै देशका सरकारले

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला