टिपरको ठक्करबाट बालिकाको मृत्युपछि विराटनगर तनावग्रस्थ, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

   टिपरको ठक्करबाट बालिकाको मृत्युपछि विराटनगर तनावग्रस्थ, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

विराटनगर । मोरङको सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ । सोमवार बिहान विराट चोकबाट विराटनगरतर्फ आउँदै गरेको ना३ख ३३५५ नम्बरको टिप्परले ठक्कर दिँदा सुन्दरहरैचा–९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको हो ।

बालिकाको मृत्यूपछि आक्रोसित स्थानीयले ठक्कर दिने ट्रिपरसहित उक्त सडक खण्डमा गुडिरहेका अन्य ट्रिपरहरुलाई समेत रोकेर आगजनी गरेका छन् । आगजनीबाट को १ ख ५८३३ र को १ ख ६४६३, को १ ख ६५६३ नम्बरको ट्रिपरको मात्रै नम्बर खुलेको छ ।

तनाव नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले मोरङले प्रदर्शनले उग्ररुप लिएपछि बिहान पौने ११ बजेदेखि अर्को आदेश जारी नभएसम्म सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार विराटचोकदेखि विराटनगर आउने बेलेपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

दुर्घटनापछि स्थानीय बासिन्दाले ठक्कर दिने टिपरका साथै सडकमा गुडिरहेका अन्य आधादर्जन टिपरमा पनि तोडफोड गरी क्षति पुर्याएका छन् । स्थानीय बासिन्दाले टिपर आतङ्क रोक्नुपर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

विप्लव माओवादीले लियो धनगढीमा भएको

तरकारीको मूल्य अनियन्त्रित भएसँगै

सुत्केरीको मृत्युपछि थापाथली अस्पताल

बाढी प्रभावित क्षेत्रको निरीक्षण

प्रदेश नं २ का मन्त्रीहरूले एक महिना

वर्षाले जनकपुर–जयनगर रेल्वेको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला