शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु परामर्श सेवा

   शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु परामर्श सेवा

काठमाडौं । नयाँ वर्ष २०१९ को अवसरमा नेपाल मेडीसिटी अस्पतालले हरेक शुक्रबार निःशुल्क मुटु सम्बन्धी परामर्श सेवा दिने भएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म मुटुरोग विशेषज्ञसँग निःशुल्क परामर्शको अवसर प्रदान गर्ने अस्पतालले बताएको छ ।

मुटु रोगबारे परामर्श लिने सेवाग्राहीलाई मध्यनजर गर्दै अस्पतालले यस्तो विशेष अभियान सञ्चालन गरेको अस्पतालले जनाएको छ ।   अधिकांश मानिसमा मुटुरोगको लक्षण महशुस नहुने र समस्या रहे पनि त्यसबारे अवगत नहुने भएका कारण मुटु सम्बन्धि समस्या बढ्दै गएका कारण यो अभियान सञ्चालन गरिएको हो ।

नेपाली समुदायमा अझैपनि समस्या नदेखिएसम्म अस्पतालमा उपचार गर्ने अभ्यास नरहेकाले स्वस्थ अवस्थामा पनि उपचार गरी ढुक्क रहन यस अभियानले प्रेरित गर्ने अपेक्षा अस्पतालका मुुटुरोग विशेषज्ञको रहेको छ । मुटु सम्बन्धि समस्याको परामर्शका लागि आउनुपूर्व नाम दर्ता गर्न नेपाल मेडीसिटी अस्पतालको व्यस्थापनले अनुरोध गरेको छ ।

परामर्शसंगै थप परीक्षण गर्नुपरेमा अस्पतालले विशेष सहुलियत समेत प्रदान गर्ने छ । सो परीक्षणहरुमा इसिजी, इको, ¥याण्डम ब्लड सुगर, लिपिड प्रोफाइल, र क्रिएटिनाइन् रहेका छन् । आगामी ३ महिनासम्मका लागि लागुु हुने यस अवसरबाट मुख्यतः ४० वर्ष उमेर माथिका सेवाग्राहीले लाभ लिन सक्नेछन् ।  

 

प्रतिकृया दिनुहोस

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला