सरकारले संविधानको बर्खिलापमा काम गरिरहेको छःकांग्रेस नेता बडु

   सरकारले संविधानको बर्खिलापमा काम गरिरहेको छःकांग्रेस नेता बडु

 काठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्रप्रसाद बडुले वर्तमान सरकार सञ्चालनमा स्वेच्छाचारी र अधिनायकवादको लक्षण देखिएको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बडुले भने,‘यो संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई अंगीकार गरेको छ । तर, यी सबै सिद्धान्तमाथि प्रधानमन्त्रीबाट आक्रमण भैरहेको छ ।’

प्रतिनिधिसभा नियामावली–२०७५ को नियम २१९ उपनियम (१) बमोजिम प्रधानमन्त्री आइतबार संसदमा बोल्नुभएको हो । नियम २१९ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको वक्तव्यमा आधारित भएर प्रश्न सोध्न पाउने व्यवस्था छ । उनले भने,‘तर प्रश्न सोध्न दिईएन् ।’  

उनले हिजो संसद जुन प्रक्रियामा पुगेर स्थगित् भएको हो अब पर्सी बस्ने बैठक त्यही प्रक्रियाबाट अघि बढ्नुपर्ने बताए । उनले भने,‘सरकारले जवाफ दिनुपर्छ । २५ गतेको संसद चल्छ ।’ सरकार जवाफ दिनबाट भागेको पनि उनले आरोप लगाए ।

वाईडबडी खरिद प्रकरणमा संसदीय उपसमितिले प्रतिवेदन ल्याएको समयमा सरकारले नयाँ छानबिन समिति बनाउनु आपत्तिजनक भएको पनि उनले टिप्पणी गरे । उनले भने,‘सरकारले यो प्रकरणमा आँफैले छानबिन गर्छौं भनेर कसैलाई चोख्याउने काम गर्न लागेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले २५ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले उठाउने प्रश्नको जवाफ दिने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्रीले अब बस्ने सदनको बैठकमा जवाफ दिनुपर्छ । सरकार जवाफ नदिई भाग्दैन । सरकारले दृढतापूर्वक सांसदले उठाएको प्रश्न फेस गर्छ । प्रधानमन्त्रीज्यूले जवाफ दिनुहुन्छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो विषयमा ‘के निउँ पाउँ, कनिका बुकाउँ’ उखानजस्तै विरोधको लागिमात्रै विरोध गरेको उनको आरोप छ । उनले भने,‘हिजोको सदनमा सभामुख महराले बोल्न नदिने कुरै गर्नुभएको छैन् ।

सभामुखज्यूले एक जना माननीयको नाम पनि लिनुभएको थियो । तर, उहाँ मिनेन्द्र रिजालजीले बोल्न मान्नुभएन । बोल्न नदिएको भए उहाँहरु नारा लगाएर रोष्ट्रममा कसरी जानुभयो त?’ उनले २५ गते नियमसंगत रुपमा सदन चल्नेपनि स्पष्ट पारे । उनले भने,‘अझैपनि धेरै नियम, कानुन बनाउनुपर्नेछ । हिजो सदनमा सम्बोधन गर्दापनि प्रधानमन्त्रीले प्रतिपक्षीलाई पेलेर जाने कुरा गर्नुभएको छैन् । बरु, उहाँले सरकारको दश महिने कार्यकालमा भएका कामहरुको ब्रिफिङ् गर्नुभएको छ ।’

 

प्रतिकृया दिनुहोस

सरकारले माग सम्बोधन नगरेको भन्दै पत्रकार

बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु

मिडिया काउन्सिल विधेयकको विरोधमा

अनैतिक क्रियाकलापमा संलग्न २८ व्यक्ति

काठमाडौं मलमा घोटालाः सुष्मा महराले

सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला