बाइडवडी जहाज खरिद प्रकरणमा ३ जना मन्त्री दोषी

बाइडवडी जहाज  खरिद प्रकरणमा ३ जना मन्त्री दोषी

काठमाडौं  । वाइडबडी जहाज खरिद प्रकरणमा संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिले उपसमितिको प्रतिवेदन संशोधनसहित पारित गरेको छ। समितिले नेपाल वायुसेवा निगमले भित्र्याएका दुई ओटा वाइडबडी जहाज खरिदमा अनियमितता गरेको भन्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारी समेत दुइ पूर्व मन्त्री जीवन बहादुर शाही र जितेन्द्र देवलाई कारबाही गर्न सिफारिस गरेको छ ।

समितिको सोमबार बसेको बैठकले उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल गर्दै दोषी ठहर्याएको तत्कालीन पर्यटन सचिव प्रेम राईलाई भने उन्मुक्ति दिएको छ ।

उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको ‘बदनियत’ शब्द हटाएर कानुनसम्मत मात्र उल्लेख गरी लेखा समितिले प्रतिवेदन पारित गरेको छ। बैठकले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई जहाज खरिद प्रकरणमा मुख्य दोषी भएकाले निलम्बन गरी कारबाहीको लागि सिफारिस गरेको छ। त्यस्तै समितिले पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पूर्वसचिव शंकर अधिकारीलाई पनि छानविन गरी कानुनी कारबाही अगाडि बढाउन सरकार र अख्तियारलाई निर्देशन दिएको छ ।

यसबाहेक विमान खरिदका लागि बनाइएका उपसमितिमा रहेका र यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरुमाथि पनि छानविन गरी कारबाही गर्न समितिले निर्देशन दिएको छ ।

यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आजै पत्रकार सम्मेलन गरेर बाइडवडी विमान खरिदमा आफ्नो संलग्न नरहेपनि पूर्वाग्रह राखेर प्रतिवेदन आएको टिप्पणी गरेका थिए । उनले मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत आफूले कुनै भ्रष्चार नगरेको भन्दै पदबाट राजीनामा पनि नदिने बताएका छन् । नियम बमोजिमको भुक्तानी दिएकाले यसलाई दिएकाले यसलाई भ्रष्टाचार भन्न नमिल्ने अधिकारीको तर्क छ ।

यस अघि उपसमितिले प्रतिवेदन सार्वजनिक गरे लगत्तै सरकारले तत्कालीन पुनरावेदन अदालत पोखराका पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा ३ सदस्यीय छानबिन आयोग गठन गरेको छ । यसको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध गरेको छ । संसदीय समितिको अधिकार क्षेत्रभन्दा बाहिर गएर समिति गठन गरेको  भन्दै कांग्रेसका सांसादले विरोध गरेका छन ।

प्रतिकृया दिनुहोस

एनआरएनए कोरियाको अध्यक्षमा यज्ञराज

बैंक अफ काठमाडौंका पूर्व सिईओसहित

संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला