कोशी पीडितको गुनासो: ‘तीन पुस्तासम्म मुआब्जा पाईएन’

कोशी पीडितको गुनासो: ‘तीन पुस्तासम्म मुआब्जा पाईएन’

काठमाडौं । कोशी नदीको कटानबाट पीडित परिवारले तीन पुस्तासम्म मुआब्जा नपाएको गुनासो गरेका छन् । कोशी कटान सरोकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले गुनासो पोखेका हुन् ।

समाजका अध्यक्ष डम्बर प्रसाद चौधरीले नेपाल–भारतबीचमा २०११ साल बैशाख १२ गते भएको सम्झौता अहिलेसम्मपनि कार्यान्वयन नभएको आरोप लगाए । उनले भने,‘हामीले तीन पुस्तासम्म पनि कोशी कटानको क्षतिपुर्ति पाएका छैनौं ।’ तत्कालीन् राष्ट्र प्रमुख राजा महेन्द्र शाह र भारतका तत्कालीन् प्रधानमन्त्री जवहरलाल नेहरुको उपस्थितिमा कोशी सम्झौता भएको उनले सम्झिए ।

चौधरीले सप्तकोशी ब्यारेज निर्माणका क्रममा सुनसरीको चतरा, उदयपुरको कमलाबारीदेखि सप्तरीको रम्पुरा, मल्हनिया कुनौलीसम्मको गोवरगाडालगायतका क्षेत्रमा आवादी जग्गा डुवानमा पर्ने गरेको सुनाए । उनले थपे,‘बर्खामा भारतले ब्यारेज थुनिदिन्छ, हिउँदमा सुख्खा पारिदिन्छ, अन्नवाली नष्ट हुन्छ, त्यसको कुनै क्षतिको लेखाजोखा नहुँदा हामीहरु यहाँसम्म आएका हौं।’  

त्यस्तै कार्यक्रममा श्री कोशी कटान सरोकार समाजका सदस्य डा. भोगेन्द्र प्रसाद चौधरीले तीन पुस्तासम्म पनि कोशी कटान पीडिहरुले क्षतिपुर्ति नपाउनु नेपाल सरकारको मुख्य कमजोरी रहेको बताए । उनले भने,‘हाम्रो बुवाले पाएनन, मैले पाईंन, छोराले पनि पाउने अवस्था छैन्, १२ हजार घरपरिवारलाई १ लाख ५ हजारका दरले वार्षिक ९० करोड रुपैयाँ भारत सरकारले कोशी कटान पीडितलाई प्रदान गर्नुपर्ने हो । तर, हालसम्म पनि कार्यान्वयन भएको छैन्, भारत सरकार मौन हुनु बिडम्बना हो, त्यसैमा हाम्रो सरकारले भारतलाई आफ्ना कुराहरु राख्न नसक्नुलाई के भन्ने ?’

अर्का पीडित अशोक कार्कीले भारत सरकारले कोशी कटान परेका जग्गाको मुआब्जा क्षतीपुर्ती दिने नै भएको हुँदा सन् २०१२ जेठ १५ गते नयाँदिल्लीमा नेपाल–भारतका मन्त्रीस्तरीय संयुक्त बैठकले कोशी कटानमा परेका जग्गाहरुको मुआब्जाको सम्बन्धमा निर्णय पालना नभएको स्मरण गराए ।

प्रतिकृया दिनुहोस

आफ्नो एनजीओ छनोट नगरेको भन्दै मन्त्रीले

२७ पुसलाई राष्ट्रिय एकता मान्न थापाको

शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु

सरकारले संविधानको बर्खिलापमा काम

बाइडवडी जहाज खरिद प्रकरणमा ३ जना मन्त्री

कोशी पीडितको गुनासो: ‘तीन पुस्तासम्म

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला