सशस्त्र प्रहरीका पूर्व एआइजी ऋषभदेव भट्टराई भ्रष्टाचारी ठहर

 सशस्त्र प्रहरीका पूर्व एआइजी ऋषभदेव भट्टराई भ्रष्टाचारी ठहर

काठमाडौं । सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ऋषभदेव भट्टराईलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।  उनले पदीय मर्यादा विपरित काम गरि अकूत सम्पत्ति आर्जन गरेको भन्दै अदालतले ९ महिना कैद र ७९ लाख ८७ हजार २२५ रूपैयाँ बिगो जरिवाना हुने फैसला गरेको हो ।

बिहीबार न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले भट्टराईलाई दोषी ठहर गर्दै फैसला गरेको हो । अदालतको आदेशमा भट्टराईले पदमा हुँदा एक करोड २१ लाख ४९ हजार ६५६ रूपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको हुँदा भ्रष्टाचारी ठहर भएको उल्लेख छ ।

अदालतले भट्टराईको कूल सम्पत्ति तीन करोड १७ लाख ६७ हजार रूपैयाँमध्ये एक करोड २६ लाख ३० हजार २४९ रूपैयाँ स्रोत खुलेको सम्पत्ति भएको ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ९१ लाख ९६ हजार ३६ हजार ८८१ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति कमाएको दाबी गर्दै उनी विरुद्ध २०७३ मङ्सिर ८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

विप्लव समूहका तेस्रो ठूला नेता हेमन्तप्रकाश

नेपाल बारको निर्वाचनः दुबै पक्षको

भारतीय भन्सारले रोक्यो रुपैडिया नाकामा

इच्छाविपरित लोला हाने कारबाहीःप्रहरी

विप्लवका पोलिटब्यूरो सदस्यसहित १७

डा. राउतको अध्यक्षतामा जनमत पार्टी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला