नागरिक लगानी कोषले गाडी लिलामको वास्तविक सूचना लुकायो

         नागरिक लगानी कोषले गाडी लिलामको वास्तविक सूचना लुकायो

काठमाडौं । नागरिक लगानी कोषले गाडी लिलाम विक्रीका लागि जारी गरेको सूचनामा वास्तविकता लुकाउन खोजेको पाइएको छ । कोषले गाडी लिलाम विक्रीका लागि गोरखापत्र राष्ट्रिय दैनिकमा १५ दिने सार्वजनिक सूचना जारी गरेपनि त्यसबारे सेवाग्राहीलाई यथेष्ट सूचना उपलब्ध गराउन आनाकानी गरेको छ ।

  ‘कोषले लिलाम गर्न लागेको गाडी कहाँ,कस्तो अवस्थामा छ भन्नेबारे कुनै जानकारी सूचनामा उल्लेख नै गरेको छैन । बिहीबार कार्यालय समयमा गाडी लिलामी सूचना पछ्याउदै कोषको केन्द्रीय कार्यालय वानेश्वर पुगेका एक सेवाग्राहीले बल्लतल्ल गाडी वीरगञ्जमा रहेको सूचना पाएको बताए ।

लिलाम बिक्री गर्न लागिएको गाडी कुन अवस्थामा कहाँ छ भन्नेबारेमा वास्तविक सूचना पाउनुपर्ने भएपनि कार्यालयका प्रशासन एवम् सूचना अधिकृत उद्धव सिलवालले यसबारे विस्तृत जानकारी दिन मानेन वा चाहेनन् । 

उनले गाडी वीरगञ्जस्थित नेसनल अटो केयर सेन्टरमा रहेका भन्दै त्यसको फोन नं ०५१–५२८0४९ रहेको जानकारी दिए । तर, विडम्बना के भने उक्त फोन नं नेपाल दुरसञ्चारको महसुल नै नतिरेका कारण सेवा अवरुद्ध रहेको पाइएयो । दुरसञ्चारले उक्त नम्बरको सेवाग्राहीले महसुल नियमित नतिरेकाले सेवा अवरुद्ध भएको जानकारी दिएको छ । सूचना अधिकृतले अन्य कुनै व्यक्ति वा सम्पर्क स्रोत उपलब्ध गराएनन् । ती सेवाग्राहीले भने,‘गाडीको अवस्था नहरी कसैले पनि बोलपत्र हाल्दैन ।’ तर कोष बोलपत्रकर्तालाई गाडी देखाउने भन्दापनि मिलेमतोमा गाडी हत्याउने दाउमा रहेको देखिन्छ ।

कोषले सन् २००७ मा बनेको बा.५ च ५६९० हुन्डाई स्यान्ट्रो कार न्यूनतम रु.८० हजारमा लिलाम गर्न सार्वजनिक सूचना गरेको थियो ।  पुस १२ गते बिहीबार जारी लिलाम बोलपत्रको समय १५ दिन राखिएको छ । 

सूचनामा इच्छुक फर्म/कम्पनी/संस्था वा व्यक्तिले रित पूर्वक गोप्य बोलपत्र शिलबन्दी गरी खरिद गर्न चाहेको मूल्य खुलाई पेश गर्न भनिएपनि गाडीको वास्तविकता बारेमा कुनै जानकारी दिन खोजिएको छैन ।  

 

प्रतिकृया दिनुहोस

सरकारले माग सम्बोधन नगरेको भन्दै पत्रकार

बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु

मिडिया काउन्सिल विधेयकको विरोधमा

अनैतिक क्रियाकलापमा संलग्न २८ व्यक्ति

काठमाडौं मलमा घोटालाः सुष्मा महराले

सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला