कर्मचारी समायोजन अध्यादेश संसदबाट स्वीकृत,अब के हुन्छ कर्मचारी आन्दोलन ?

     कर्मचारी समायोजन अध्यादेश संसदबाट स्वीकृत,अब के हुन्छ कर्मचारी आन्दोलन ?

काठमाडौं । संसदले बहुचर्चित कर्मचारी समासमायोजन अध्यादेश स्वीकृत गरेको छ । मंगलबार संसदकको वैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पेश गरेको अध्यादेश स्वीकृत भएको हो ।

प्रतिपक्षी नेपाली कांग्रेस र नेमकिपाका सांसद प्रेम सुवाल भने विधेयको विपक्षमा उभिए । अध्यादेशप्रति विमती जनाउँदै आन्दोलन गर्ने कर्मचारीलाई आगामी दिनमा सरकारले बर्खास्त समेत गर्न सक्नेछ । निजामती सेवा ऐनको दफा ५० र ५१ मा कर्मचारीलाई हडताल, थुनछेक तथा घेराउ गर्न प्रतिबन्ध लगाइएको छ ।

कर्मचारीले सो ऐनको उल्लंघन गर्दै सोमबार राजधानीको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका थिए । निजामती सेवा ऐनको दफा ४५ मा कर्मचारीले सरकारको आलोचनासमेत गर्न नपाउने व्यवस्था गरिएको छ । अध्यादेश विपरित जाने कर्मचारीलाई सरकारले कारबाही गर्ने तयारी गरेको छ । सोमबार सरकार विरुद्ध माइतीघर मण्डेलामा गरिएको प्रर्दशनमा कर्मचारीको आँकडा लिन सरकारले सादा पोशाकमा राष्ट्रिय सतर्कता केन्द्रका कर्मचारी परिचालन गरेको थियो ।

बैठकमा संसदमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले “कर्मचारी समायोजन अध्यादेश–२०७५” लोकतान्त्रिक प्रक्रियासँग जोडिएर आएकाले कुनै शङ्का नगर्न संसदलाई आग्रह गरेका थिए ।

कांग्रेस सांसद गगन थापाले अध्यादेश अस्वीकृत गरियोस् भन्दै विरोधको सूचना दर्ता गराएका थिए । तर, उनको विरोधको सूचना बहुमतले अस्वीकृत गरिदियो  । सांसद विमलप्रसाद श्रवास्तवले कर्मचारी समायोजनमा जादा संघीय कर्मचारीको जस्तै स्थानीय तहमा रहेका कर्मचारीको पनि सेवा सुविधा र वृत्ति विकास ग्यारेन्टी गर्न माग गर्नु भयो ।

 

 

प्रतिकृया दिनुहोस

आफ्नो एनजीओ छनोट नगरेको भन्दै मन्त्रीले

२७ पुसलाई राष्ट्रिय एकता मान्न थापाको

शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु

सरकारले संविधानको बर्खिलापमा काम

बाइडवडी जहाज खरिद प्रकरणमा ३ जना मन्त्री

कोशी पीडितको गुनासो: ‘तीन पुस्तासम्म

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला