टोपी दिवस मनाइयो

 टोपी दिवस मनाइयो

काठमाडौं ।‘नेपाली टोपीः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैठौं नेपाली टोपी दिवस मनाएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको दिन मंगलबार माइतीघरमण्डलामा भेला भएर युवायुवतीले अघिल्ला बर्षमा झैं दाउरा सरुवाल र टोपी लगाएर  ‘टोपी दिवस’ मनाए । सामाजिक सञ्जाल फेसबुक र ट्रवीटरबाट पनि प्रयोगकर्ताहरूले टोपी दिवसको शुभकामना दिइरहेका छन् । ‘टोपी लगाएको फोटो’पोष्ट्याउँदै सबैमा टोपी दिवसको शुभकामना’ प्रायः सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् । 

माइतीघरमण्डलमा भेला भएका युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए । २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस

विप्लव समूहका तेस्रो ठूला नेता हेमन्तप्रकाश

नेपाल बारको निर्वाचनः दुबै पक्षको

भारतीय भन्सारले रोक्यो रुपैडिया नाकामा

इच्छाविपरित लोला हाने कारबाहीःप्रहरी

विप्लवका पोलिटब्यूरो सदस्यसहित १७

डा. राउतको अध्यक्षतामा जनमत पार्टी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला